सिभिल बैंकका सीइओ गुरुङद्वारा राजीनामा

सिभिल बैंकका सीइओ गुरुङद्वारा राजीनामा तरुण खबर ५ बैशाख २०७८, आईतवार १४:५६
सिभिल बैंकका सीइओ गुरुङद्वारा राजीनामा

काठमाडौं । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन् । गुरुङले यही बैशाख १७ गतेदेखि लागू हुनेगरी गत चैत १६ गते सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । आगामी साता बस्ने बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने एक सञ्चालकले जानकारी दिए । ४ वर्षे कार्यकाल सकिन ३ महिना बाँकी रहँदै उनले पदबाट राजीनामा दिएका हुन् । सन् २०१२ को अक्टोबरमा डेपुटी सीइओका रुपमा सिभिल बैंक प्रवेश गरेका गुरुङ सन् २०१७ को मे महिनामा निमित्त सीइओ भएका थिए ।

र, त्यसको केही महिनापछि उनलाई सञ्चालक समितिले सीइओमा नियुक्ति गरेको थियो । २५ वर्षअघि बैंकिङ करिअर शुरु गरेका गरुङसँग हिमालयन, ग्लोवल र मेगा बैंकमा काम गरेको अनुभव छ । विद्यावारीधी गर्नका लागि भन्दै गुरुङले राजीनामा दिएको बताए पनि अब गुरुङ म्यानमारको म्यानमार सिटिजन्स बैंकको सीइओ भएर जाँदैछन् । गुरुङ संवभत विदेशी बैंकको पहिलो नेपाली सीइओ हुनेछन् । म्ययानमार सिटिजन्स बैंकको सिनियर भाइस प्रेसिडेन्ट नेपाली टेकराज पराजुली छन् ।