भारतको महाराष्ट्र प्रवेशमा पाँच राज्यलाई कोरोना टेष्ट अनिवार्य

भारतको महाराष्ट्र प्रवेशमा पाँच राज्यलाई कोरोना टेष्ट अनिवार्य तरुण खबर ६ बैशाख २०७८, सोमबार ११:४०
भारतको महाराष्ट्र प्रवेशमा पाँच राज्यलाई कोरोना टेष्ट अनिवार्य

भारतमा आइतबार एकै दिन संक्रमणबाट १६ सय २५ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्र लगायत विभिन्न राज्यबाट आउने यात्रुहरुले कोरोना भाइरसको परीक्षण गर्नु पर्ने बाध्यता बनाएको छ । परीक्षणमा नेगेटिभ परिणाम आए मात्र महाराष्ट्रमा प्रवेश दिइने भएको छ । दिल्ली–एनसीआरको साथै केरल, गोवा, गुजरात, राजस्थान र उत्तराखण्ड रहेका छन् । महाराष्ट्रमा हिजो एकै दिन सर्वाधिक ६८ हजार ६३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आइतबारै कोरोना भाइरसको संक्रमणबाट ५०३ जनाको ज्यान गएको छ । त्यस्तै दिल्लीमा पनि अहिलेसम्मकै बढी कोरोना संक्रमित देखिएका छन् ।

भारतको स्वास्थ्य विभागका अनुसार हिजो आइतबार दिल्लीमा २५ हजार ४६२ जना संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टा (१८, अप्रिल) मा १५ लाख ६६ हजार ३९४ जनाको नमुना परीक्षण गर्दा २ लाख ७५ हजार ३०६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १७, अप्रिलमा १४ लाख ९५ हजार ३९७ जनाको नमुना परीक्षण गर्दा २ लाख ६० हजार ७७८ कोरोनाभाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१८, अप्रिल) मा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६२५ जनाको निधन भएको छ । १७, अप्रिलमा कोरोनाभाइरसको संक्रमणबाट १ हजार ४९५ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार बैशाख ६ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ५० लाख ५७ हजार ७६७ जना छन् । भारतमा १ करोड २९ लाख ४८ हजार ८४८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै १९ लाख ३० हजार १२६ जना पुगिसकेका छन्, यो संख्या क्रमशः बढ्दै गएको छ । बैशाख ६ गते सोमबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये १ लाख ७८ हजार ७९३ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।