तरुण खबर
६ बैशाख २०७८, सोमबार ११:४३
अमेरिकामा १८, अप्रिलमा १० लाख ८८ हजारको परीक्षण, ४३ हजार १७४ जना संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१८, अप्रिल) मा १० लाख ८८ हजार ८५३ जनाको नमुना परीक्षण गर्दा ४३ हजार १७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १७, अप्रिल) मा १५ लाख ६९ हजार २३५ जनाको नमुना परीक्षण गर्दा ६३ हजार ६२५ जना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (१८, अप्रिल) मा ३१० जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । १७,अप्रिलमा कोरोना भाइरसको संक्रमणबाट ७३५ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा नेपाली समय अनुसार बैशाख ६ गते सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड २४ लाख ४ हजार ४५४ जना कोरोना भाइरसका संक्रमित भएका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ४९ लाख ६१ हजार २२९ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार बैशाख ६ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६८ लाख ६२ हजार १६४ जना छन् ।
नेपाली समय अनुसार बैशाख ६ गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४२ करोड ९२ लाख २० हजार ६९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ९ करोड ७४ लाख ८ हजार ५३७ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ९ करोड ७४ लाख ८ हजार ५३७ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ ।
अमेरिकामा कोरोनाको संक्रमणबाट बैशाख ६ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ८१ हजार ६१ जनाको मृत्यु भैसकेको छ । बैशाख ६ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ करोड १९ लाख ९६ हजार ६८९ जना छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख ३२ हजार ७३३ जना छन् ।


