तरुण खबर
१३ बैशाख २०७८, सोमबार १२:२९
सल्यान जिल्ला ऐतिहासिक र धार्मिक हिसावले पनि महत्वपूर्ण जिल्ला हो । यो जिल्लामा कुमाखा देवीको मन्दिर र लक्ष्मीपुरमा सतिदेवीको करड पतन भएको विश्वास गरिन्छ । जिल्लाको सदरमुकामबाट १३ किलोमिटर अर्थात ४ कोश दक्षिणमा यो मन्दिर छ । उहिले अहिले मान्छेहरु पुग्न कठिन थियो, अहिले केही सहज भएको छ । यहाँ शिवरात्रीमा मेला लाग्छ, यो मेलामा जिल्लाभरका मान्छे आउँथे । कुभिण्डे दह जिल्लाको प्रसिद्ध दह हो । पहाडै पहाडले घेरिएको दहको निकास देखिएको थिएन । डेढ किलोमिटर लमबाई भएको यो दहको चौडाई भने १ किलोमिटर छ । यो दह जिल्लाको सदरमुकामबाट १० किलोमिटर टाढा पर्छ ।
यो दहको गहिराई अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । कुनै बेला सल्यान जिल्ला स्वतन्त्र राज्य थियो । १८१९ मा प्रकाशित अन एकाउण्ट अफ दि किडडम अफ नेपालमा हमिल्टनले लेखेको पुस्तकको पृष्ठ २७७ मा यस राज्यलाई खसान्त राज्य भनी लेखेका छन् । उनले यो पुस्तक लेख्दा यहाँको जनसंख्या खसियाहरुको सबैभन्दा बढी थियो । त्यसबेला पनि सल्यानी राजाको दरबार ईंटाले बनेको थियो, जतिबेला सर्वसाधारणको घर ढुंगा, माटो र काठले बनेका थिए । सल्यानी राजपरिवारसँग पृथ्वीनारयण शाहको नाता सम्बन्ध थियो । १८२३ मा पृथ्वीनारायण शाहले आफ्नी विमलाकुमारीको सल्यानका युवराज रणभीम शाहसँग विवाह गरिदिएका थिए ।
इतिहस प्रकाशमा संन्धिपत्र संग्रह पृष्ठ ४०९ मा योगी नरहरिनाथले ताम्रपत्रलाई उदृत गर्दै आफ्नी सुपुत्री विमलाकुमारीलाई छिल्ली, थपाला, थलावाड, दाड देउखुरी दाइजो, कुशविर्ता दिएका थिए । आफ्नो अधिनमा राज्य आएपछि हस्तान्तरण गरिएको इतिहासमा पढ्न पाइन्छ । त्यस्तै राणा प्रधानमन्त्री वीर शंशेरले पनि आफ्नी छोरीसँग सल्यानी राजा शमशेर बहादुर शाहसँग विवाह गराई दिएका थिए । त्यतिबेला उनी संरक्षित राजा थिए । राणा परिवारसँग विवाह सम्बन्ध जोडिएकाले राणा शासनकालमा पनि राज्यबाट पाउने सबै सुविधा पाएका थिए ।
वि.सं. २०१७ सालको राजा रजौटा ऐन अनुसार सल्यानका राजाहरुलाई सन्तान दरसन्तान राजा उपाधी प्रयोग गर्न पाउने सुविधा दिइएको थियो । यतिबेला म पित्त थैलीमा भएको पथ्थर निकाल्न अस्पतालमा भर्ना भएर बसेको छु । अप्रेस हिजो शनिबार बिहान सम्पन्न भएको छु । शल्याचिकित्सक प्राध्यपक डा. श्यामकुमार श्रेष्ठ र डा. रामजी बस्याल (डा.आरबी) लगायत सहयोगी टीमलगायत पूजनिय ज्वाँइ डा. रामप्रसाद सापकोटाप्रति म अत्यान्तै आभारी छु । केही दिनको आरामपछि सधाझै हजुरहरु सामु उपस्थित हुने नै छु ।


