नेपालमै पनि कोरोना महामारीको अबस्था भयावह आउँदै

नेपालमै पनि कोरोना महामारीको अबस्था भयावह आउँदै तरुण खबर १६ बैशाख २०७८, बिहीबार ११:४९
नेपालमै पनि कोरोना महामारीको अबस्था भयावह आउँदै

बुधबार मात्र करीब ५० हजारले उपत्यका छाडेर घर गए
काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण बढेसँगै काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको संख्या बुधवार झन् बढी भएको ट्राफिक प्रहरीले जनाएको छ । २ करोड ९५ लाख ६६ हजार ४१४ जनसंख्या भएको नेपालमा ३ लाख १२ हजार ६९९ जना संक्रमित भएका छन्, जसमध्ये २ लाख ७० हजार २७९ जनालाई निको भैसकेको छ । हिजो बुधबार मात्र ४७ सय ७४ जजना नयाँ संक्रमित थपिएका छन् भने हिजै कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार २११ जनाको कोरोनाको संक्रमणबाट निधन भएको छ ।

त्यसबाट अत्तिालिएर ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्मको अवधिमा ४५ हजार ७५ जनाले उपत्यका छाडेका छन् ट्राफिक प्रहरीले तरुणलाई जानकारी दिएको छ । कलंकी हुँदै बाहिरिनेको भीड बुधबार साँझसम्म पनि उस्तै थियो । उपत्यका छाड्ने संख्या बढेसँगै सडकमा सवारीसाधनको चाप बढेपछि बुधबार दिनभर जामका कारण काठमाडौँका सडक अस्तव्यस्त बनेका थिए । कोरोनाको संक्रमण हरेको दिन बढिरहेका बेला जोखिम मोलेर भीडभाडमा यात्रा गरेकाहरुलाई जोखिम झनै बढेको छ।

मानिसहरु स–सना बालबालिकासहित पर्याप्त जनस्वास्थ्यका मापदण्ड बिना नै यात्रा गरिरहेका छन् । काठमाडौं उपत्यकामा आज वैशाख १६ गते बिहीबारदेखि दुई साताका लागि निषेधाज्ञा घोषणा भएको छ । निषेधाज्ञा लागू हुने समयको पूर्वसन्ध्यामा उपत्यका बाहिरिनेमा खासगरी डेरावाल, विद्यार्थी र मजदुर वर्ग रहेको बताइएको छ । लामो तथा छोटो दूरीमा जाने मजदुर र विद्यार्थीहरूले आफूहरू खर्च धान्न धौधौ हुने र कोभिड संक्रमित भएमा आफ्नो रेखदेखमा कोही नहुने भएकोले बाहिरिन लागेको उनीहरुले बताएका छन् ।