९,१९६ जनामा संक्रमण, ५० जनाको मृत्यु

९,१९६ जनामा संक्रमण, ५० जनाको मृत्यु तरुण खबर २५ बैशाख २०७८, शनिबार ०९:३७
९,१९६ जनामा संक्रमण, ५० जनाको मृत्यु

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९,१९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ भने, २ हजार ९०५ जना डिसचार्ज भएका छन् ।

काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जना गरी उपत्यकामा ३ हजार ९ सय ७२ जना संक्रमित थपिएका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय २८ जना र भेन्टिलेटरमा २ सय ३१ जना उपचाररत छन् ।

शुक्रबार देशभर २ हजार ९ सय ५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार ९ सय ५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९५ हजार ३ सय ९५ जना पुगेको छ । निको हुने दर ७८.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टाको अवधिमा ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।