भारतमा डबल म्यूटन्ट भेरिअन्टका कारण कोरोना महामारी

भारतमा डबल म्यूटन्ट भेरिअन्टका कारण कोरोना महामारी तरुण खबर २५ बैशाख २०७८, शनिबार १६:५१
भारतमा डबल म्यूटन्ट भेरिअन्टका कारण कोरोना महामारी

काठमाडौं । भारतमा कोरोना भाइरसको एउटा उत्परिवर्तित प्रकारका कारण महामारीको घातक दोस्रो लहर फैलिएको हुनसक्ने अनुमान गरिएको छ । भारतमा गत मार्च महिनामा पहिलो पटक “डबल म्यूटन्ट भेरिअन्ट“ अर्थात् दोहोरो उत्परिवर्तन भएको कोरोनाभाइरस फेला परेको थियो । संक्रमितको संख्या उच्च रहेका विभिन्न राज्यबाट संक्रमित नमुनामा बी।१।६१७ नाम दिइएको उक्त भेरिअन्ट देखा परेको छ ।

यद्यपि भारतको न्याश्नल सेन्टर फर डिजीज कन्ट्रोलका एक अधिकारीले कोरोनाभाइरसको उत्परिवर्तित रूपसँग कोभिड–१९ को दोस्रो लहरको सम्बन्ध पूर्ण रूपमा स्थापित हुन बाँकी भएको बताएका छन् । आठ राज्यबाट संकलित नमुनामध्ये झन्डै १३ हजार वटाको जीन सिक्वन्सिङ गर्दा झन्डै ३ हजार ५ सय वटाभन्दा केही बढीमा कोरोनाभाइरसका उत्परिवर्तित भेरिअन्टहरू भएको पत्ता लाग्यो । एक महिनाभन्दा अघिदेखि दिल्लीले अहिले सङ्क्रमण बढ्नुमा बी।१।६१७ संकेत दिइएको दोहोरो उत्परिवर्तन भएको प्रकारको कुनै सम्बन्ध नभएको दाबी गरिरहेको थियो ।

भारतको उत्तर प्रदेश, हरियाणा, पञ्जाब, तमिलनाडु र कर्णाटकसहित केही राज्यमा बुधवार अहिलेसम्मकै सर्वाधिक दैनिक मृत्यु भएको छ । तर विश्व स्वास्थ्य सङ्गठनले आफ्नो साप्ताहिक प्रतिवेदनमा गत साता भारतमा फेला परेका संक्रमितको संख्या विश्वभरि पुष्टि भएका संक्रमितको कुल संख्याको झन्डै आधा र मृतकको संख्या एकचौथाइ भएको उल्लेख गरेको छ ।

झन्डै १ अर्व ३९ करोड १४ लाख १९ हजार ९५९ जनसंख्यामध्ये २६ करोड ९० लाख मानिसले कोभिड खोपको दुईवटै मात्रा पाएका छन् भने १२ करोड ८० लाख जनाले पहिलो मात्रा मात्र लिन पाएका छन् । भारतमा भ्याक्सिनको भण्डारण सकिने खतरा टरिसकेको छैन ।
अहिले कोरोनाभाइरसको प्रकोप बढ्नुमा यूके, अफ्रिकी र ब्रजिलियन भेरिअन्टको सम्बन्ध भएको कुरा पनि स्वीकारेका छैनन् । भाइरसविज्ञ डा। शाहिद जमीलले भारतले भाइरसमा हुने उत्परिवर्तनबारे धेरै ढिलो ध्यान दिएको दावी गरेका छन् । उनका अनुसार फेब्रुअरी महिनाको मध्यतिर मात्रै भाइरसको आनुवंशिक संरचना सीक्वन्सिङ गरेर अध्ययन गर्न थालियो ।

भारतमा अहिले सङ्कलित नमुनामध्ये एक प्रतिशतजतिको मात्र सीक्वन्सिङ गरिन्छ । “यूकेले महामारी उत्कर्षमा पुग्दा ५–६ प्रतिशत नमुनाको सीक्वन्सिङ गरिरहेको छ । तर त्यो क्षमता अहोरात्र बनाउन सकिँदैन, उनले भनेका छन् । संघीय सरकारले कोरोनाभाइरसको उत्परिवर्तनसँग अहिले संक्रमण फैलिनुको सम्बन्ध भए पनि त्यो “पूर्ण रूपमा प्रमाणित“ हुन बाँकी भएको बताएको छ ।

भारतमा खोप अभियान प्रभावित
भारतलाई आफूले सुरु गरेको महत्वाकांक्षी खोप अभियानलाई निरन्तरता दिन गाह्रो भइरहेको छ । जुलाई महिनासम्म ३० करोड नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने उसको लक्ष्य थियो । तर खोपको अभाव भएकाले अभियान प्रभावित भएको छ ।

झन्डै १ अर्व ३९ करोड १४ लाख १९ हजार ९५९ जनसंख्यामध्ये २६ करोड ९० लाख मानिसले कोभिड खोपको दुईवटै मात्रा पाएका छन् भने १२ करोड ८० लाख जनाले पहिलो मात्रा मात्र लिन पाएका छन् । भारतसँग भएको खोपको भण्डार पनि सकिनै लागेको छ । अहिले भारत सरकारले खोप दिने भनेका ४५ वर्षमुनिका वयस्कहरूले खोपका लागि आफ्नो नाम लेखाउन र मिति लिन संघर्ष गरिरहेका छन् । विज्ञहरू लकडाउन लगाउनु र खोप उपलब्ध गराउनु नै अहिलेको विकल्प भएकोमा जोड दिन्छन् । तर सरकारले कोरोनाभाइरस विस्तार रोक्न तत्काल अझ काम गर्नुपर्ने देखिएको उनीहरूको भनाइ छ ।