तरुण खबर
२७ बैशाख २०७८, सोमबार ११:५७
दिल्ली सरकारले माग्यो १ करोड १४ लाख डोज भ्याक्सिन
काठमाडौं । नयाँ दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले स्वास्थ्य मन्त्री हर्षवर्धनलाई पत्र लेख्दै दिल्लीका लागि प्रत्येक महिना ६० लाख किोरोना विरुद्धको खोप माग गरेका छन् । अहिले दैनिक एक लाख भ्याक्सिन ९खोप० लगाइएकोमा भारत केन्द्रीय सरकारले खोप उपलब्ध गराए दैनिक ३ लाख लगाइने उनले बताएका छन् ।
आउने ३ महिनामा दिल्लीका सबै जनालाई खोप लगाउँने दिल्ली सरकारले उद्देश्य रहेको छ । दिल्लीमा ४५ वर्षमाथि उमेर समूहका ५७ लाखभन्दा बढी जनसमुदाय छन् भने १८–४५ वर्ष समुहका जनता ९२ लाखभन्दा बढी छन् । समग्रमा १ करोड १४ लाखभन्दा बढी खोपको आबस्यकता छ । दिल्लीलाई ४३ लाख डोज खोप सरकारले उपलब्ध गराएको छ ।
वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा ९९, मे० मा १८ लाख ६५ हजार ४२८ जनाको नमुना परीक्षण गर्दा ३ लाख ६६ हजार ४९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८, मेमा १८ लाख ८ हजार ३४४ जनाको नमुना परीक्षण गर्दा ४ लाख ९ हजार ३ सय जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए । भारतमा पछिल्लो २४ घण्टा ९९,मे० मा कोरोनाको संक्रमणबाट ३ हजार ७४८ जनाको निधन भएको छ । त्यस्तै, ८, मेमा ४ हजार १३३ जनाको कोरोना संक्रमणबाट निधन भएको थियो ।
नेपाली समय अनुसार बैशाख २७ गते सोमबार बिहान ७।३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २६ लाख ६२ हजार ४१० जना छन् । भारतमा १ करोड ८६ लाख ६५ हजार २६६ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै ३७ लाख ५० हजार ९९८ जना पुगिसकेका छन्, यो संख्या क्रमशः घट्दै गएको छ । बैशाख २७ गते सोमबार बिहान ७।३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये २ लाख ४६ हजार १४६ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।


