विश्वभरमा ३३ लाखभन्दा बढीको मृत्यु

विश्वभरमा ३३ लाखभन्दा बढीको मृत्यु तरुण खबर २७ बैशाख २०७८, सोमबार १२:११
विश्वभरमा ३३ लाखभन्दा बढीको मृत्यु

अमेरिकामा कोरोना संक्रमितको संख्या घट्दै, ९, मेमा २२ हजार २ सय जना संक्रमित थपिए
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा ९९, मे० मा २२ हजार २ सय मात्र कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८, मेमा १३ लाख २६ हजार ७०३ जनाको नमुना परीक्षण गर्दा कोरोना भाइरसका संक्रमित ३५ हजार ७५५ जना मात्र थपिएका थिए । त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टा ९९, मे० मा कोरोनाको संक्रमणबाट २४१ जनाको मृत्यु भएको छ । ८, मेमा ६४८ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

बैशाख २७ गते सोमबार बिहान ७।३० बजेसम्ममा ३ करोड ३४ लाख ७६ हजार ७८१ जना कोरोना भाइरसका कुल संक्रमित भएका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७।३० बजेसम्ममा २ करोड ६४ लाख ३९ हजार ७ सय १२ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार बैशाख २७ गते विहान ७।३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६४ लाख ४१ हजार २५७ जना छन् ।

नेपाली समय अनुसार बैशाख २७ गते सोमबार बिहान ७।३० बजेसम्ममा अमेरिकाले ४५ करोड ८१ लाख ६८ हजार ३०३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १२ करोड ६७ लाख १९ हजार २२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १२ करोड ६७ लाख १९ हजार २२ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट बैशाख २७ गते सोमबार बिहान ७।३० बजेसम्ममा ९ नेपाली समय अनुसार कुल संक्रमितमध्ये ५ लाख ९५ हजार ८१२ जनाको मृत्यु भैसकेको छ ।

बैशाख २७ गते बिहान ७।३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ करोड ८९ लाख ६८ हजार १६५ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ६ हजार ६७५ जना छन् ।