इण्डियन मेडिकल एसोसिएशनद्वारा देशभर लकडाउन लगाउन आग्रह

इण्डियन मेडिकल एसोसिएशनद्वारा देशभर लकडाउन लगाउन आग्रह तरुण खबर २७ बैशाख २०७८, सोमबार १२:२८
इण्डियन मेडिकल एसोसिएशनद्वारा देशभर लकडाउन लगाउन आग्रह

\कोरोनासँग लड्दै गरेको भारतमा ब्ल्याक फङ्गस नामक संक्रमण
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि भारतीय मेडिकल एसोसिएशन ९आईएमए० ले देशभर लकडाउन गर्न भारतीय सरकारसँग आग्रह गरेको छ । इण्डियन मेडिकल एसोसिएशन ९आईएमए० ने शनिवार विज्ञप्ति प्रकाशित गरी केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई कोरोना संक्रमणको प्रारम्भ विन्दु हेर्न आग्रह पनि गरेको छ । भारतीय डाक्टरहरुको संगठनले कोभिड–१९ नियन्त्रणका लागि दोस्रो लहर उत्पन्न हुँदासम्म स्वास्थ्य मन्त्रालय नयाँ कुनै कार्यक्रम ल्याएको छैन संगठनको दावी छ । केही दिनदेखि भारतमा ४ लाखभन्दा बढी संक्रमित देखिएका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण जितेका वा लड्दै गरेकाहरुमा दुर्लभ प्रकारको म्यूकोर्माइकोसिस अर्थात ब्ल्याक फङ्गस नामक संक्रमण देखिन थालेको छ । दुर्लभ तथा अति घातक प्रकारको संक्रमण म्यूकोमाइकोसिसबाट संक्रमित भएकाहरुको संख्या पछिल्लो समय बढि देखिन थालेको भारतको मुम्बईसहितका शहरका अस्पतालले जनाएको छन् । खतरनाक फङ्गल संक्रमणबाट आँखा तथा नाकसहितका भागमा समस्या देखिने गरेको भारतीय चिकित्सकहरुले बताएका छन् ।

वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा ९८, मे० मा १८ लाख ८ हजार ३४४ जनाको नमुना परीक्षण गर्दा ४ लाख ९ हजार ३ सय जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । ७, मेमा १८ लाख २६ हजार ४९० जनाको नमुना परीक्षण गर्दा ४ लाख १ हजार ३२६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । भारतमा पछिल्लो २४ घण्टा ९८, मे० मा ४ हजार १३३ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । ७ मेमा कोरोना संक्रमणबाट ४ हजार १९४ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार बैशाख २६ गते आइतबार बिहान ७।३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड २२ लाख ९५ हजार ९११ जना छन् । भारतमा १ करोड ८३ लाख ११ हजार ४९८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै ३७ लाख ४२ हजार १० जना पुगिसकेका छन्, यो संख्या क्रमशः बढ्दै गएको छ । बैशाख २६ गते आइतबार बिहान ७।३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये २ लाख ४२ हजार ३९८ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।