चीनको शिङजियाङ्ग प्रान्तको जनसंख्या ७१ वर्षपछिकै कम

चीनको शिङजियाङ्ग प्रान्तको जनसंख्या ७१ वर्षपछिकै कम तरुण खबर ३० बैशाख २०७८, बिहीबार ११:२३
चीनको शिङजियाङ्ग प्रान्तको जनसंख्या ७१ वर्षपछिकै कम

राष्ट्रसंघ लगायत पश्चिमा मुलुकहरुको मुस्लिमहरुलाई नियन्त्र गर्न खोजेको दावी
काठमाडौं । चीनको शिङजियाङ्ग प्रान्तमा रहेका उइघुर मुस्लिमको जन्म दर अत्यन्तै कम भएको छ । खास गरी पश्चिमी शिङजियाङ्ग प्रान्तमा २०१७ देखि २०१९ सम्म गरिएको अध्यायन अनुसार जन्म दर घटेको देखिएको हो । मुस्लिम बहुल क्षेत्रमा जन्मदर ४८.७४ प्रतिशतले कम भएको हो । सन् २०१९ मा जन्मदर प्रतिहजार १०.४८ थियो, जुन सन् १९४९ यताकै सबैभन्दा न्यून रहेको चीनको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । चीनमा उघुर, तुक्र्स र हुइ गरी जम्मा २ करोड मुस्लिम जनसंख्या छ ।

जसमध्ये उघुर पूर्वी तुर्केस्तानबाट आएका हुन् भने हुइ मुस्लिम चीनकै आदिवासी समुदाय हो । चीनको शिङजियाङ प्रान्त १ करोड भन्दा धेरै उघुर मुस्लिम बसोबास गर्ने स्थान हो । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार २०१९ मा जन्म दर १०.४८ प्रति हजार रहेको थियो । यो १९४९ पछिकै कम जन्मदर हो । २०१९ मा १ करोड ४६ लाख ५० हजार बच्चाको जन्म भएको थियो । यो संख्या पहिलेको तुलनामा ५ लाख ८० हजारले कम हो । मृत्यू दर र जन्म दर दुवैमा आएको कमीले कामकाजी युवाहरुको संख्यमा कमी आएकाले चीनको चिन्ता बढेर गएको छ ।

रिटायर हुदै गएका बुढा मानिसहरुले जिम्मेवारी लिनुपर्ने भएकाले पनि चिनियाँ चिन्ता झनै बढ्दै गएको छ ।  २०१५ मा सरकारको एक बच्चाको नीति समाप्त भएपछि दम्पतिलाई दुई सन्तान जन्माउने अनुमती दिइएको छ । यो सुधारको लगत्तैको २ वर्षसम्म जन्म दरमा वृद्धि भएको थियो । अष्ट्रेलियन थिङ्क ट्यांक र अष्ट्रेलियन स्ट्याटेजि पोलिसी इस्टिच्यूटले गरेका पछिल्लो अध्ययन अनुसार ४८.७४ प्रतिशत गिरावट आएको हो । उइगर, कजाखलगायत अन्य मुस्लिम जातिका अल्पसंख्यक समूदायमा यो अबस्था देखिएको हो । २०१८ मा गरिएको अध्यायन अनुसार जन्मदर ४३.७ प्रतिशत गिरावट आएको थियो ।

राष्ट्र संघ लगायत पश्चिमा देशहरुका अनुसार यो गिरावट ७१ वर्षमा पहिलो पटक देखिएको हो । मुस्लिमहरुलाई चीनले नियन्त्रण गर्न खोजेको दावी गरेका छन् । तर चीनको विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । सन् २०१९ मा जन्मेका शिशुहरूको संख्या पाँच लाख ८० हजारले घटेर शिङजियाङ प्रान्तको कुल जनसंख्या एक करोड ४० लाख ६५ हजार पुगेको थियो । ठूलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ, जुन चीनका लागि चुनौती हुन सक्ने ठानिएको छ ।

घट्दो जन्मदर रहे पनि मृत्युदर समेत कम रहेका कारण चीनको जनसंख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको छ । तर घट्दो जन्मदर जनसांखिक टाइमबम बन्न सक्ने भन्दै धेरैलाई चिन्तामा पारेको छ ।  त्यसको अर्थ काम गर्ने उमेरका मानिसहरूको एउटा समूह सेवानिवृत्त जनसंख्याको स्याहारमा खटिनुपर्नेछ । सन् १९७९ मा चीन सरकारले देशव्यापी लागु हुने गरी एउटा मात्र बच्च जन्माउन पाउने नीति ल्याएको थियो । जनसंख्या वृद्धिदर कम गर्नका लागि त्यस बेला यो नीति ल्याइएको थियो । ती नियम उल्लंघन गर्ने परिवारहरूले जरिवाना तिर्नुपर्ने, रोजगारी गुमाउने र कुनै बेला जबरजस्ती गर्भपतन गराउन बाध्य हुनु पर्दथ्यो ।

तर ठूलो लैङ्गिक असमानता निम्त्याएको भन्दै त्यो नीति आलोचित बनेको थियो । सन् २०१९ को तथ्याङ्क अनुसार पुरूषहरू महिलाभन्दा तीन करोडको संख्यामा धेरै छन् ।  सन् २०१५ मा सरकारले एक सन्तान नीतिको अन्त्य गरेर दम्पतीहरूलाई दुई सन्तान जन्माउने अनुमति दिएको थियो । तर त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न भने सघाएन । विज्ञहरूको भनाइमा अन्त्य गरिएको उक्त नीतिसँगै शिशु स्याहारका लागि आर्थिक सहायता र अभिभावकहरूलाई थप बिदा दिने व्यवस्था गरिएन । धेरै मानिसले एकभन्दा धेरै सन्तान हुर्काउन समेत नसक्ने ती विज्ञहरूले बताएका छन् ।