स्वास्थ्यकर्मीको सल्लाह अनुसार हात धोऔं, मास्कको प्रयोग गरौं

स्वास्थ्यकर्मीको सल्लाह अनुसार हात धोऔं, मास्कको प्रयोग गरौं तरुण खबर १ जेष्ठ २०७८, शनिबार १०:०९
स्वास्थ्यकर्मीको सल्लाह अनुसार हात धोऔं, मास्कको प्रयोग गरौं

प्रेमबहादुर तिमल्सिना
कोभिड–१९ को दोस्रो लहरले विश्वलाई नै प्रभावित बनाएको छ । नेपाल यसबाट अछुतो रहन सक्ने कुरै थिएन, भयो त्यस्तै । यो अदृश्य रोगसँग (कोरोनाभाइरसको संक्रमण) लड्दा लड्दै कतिपयले आफ्नो ज्यान गुमाउनु परेको अबस्था छ । केही दिनदेखि दैनिक दुई सयभन्दा बढी व्यक्तिको निधन हुनुले संकेत गरेको छ– स्थिति डर लाग्दो ढंगले अगाडि बढ्दै छ । संक्रमणबाट निधन हुनुहुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । शोक र पीडामा रहनु भएका परिवारजनहरुलाई दृढता र धैर्यधारण गर्ने शक्ति मिलोस् भनी समवेदना दिन चाहन्छु ।

कोरोना भाइरसको महामारी (कोभिड–१९) को पहिलेकोभन्दा पनि अहिलेको दोस्रो लहरमा संक्रमित र मृत्यु दर बढी रहेको सर्वविदितै छ । यसर्थ, हामी सबैले पहिलाभन्दा पनि बढी सचेत हुनु पर्ने आवश्यकता देखिएको छ । स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित रुपमा साबुन पानीले मिचीमिची हात धुने, भौतिकदूरी कायम राख्ने र अन्य स्वास्थ्य मापदण्ड पालन गर्नु हुन सबैमा आग्रह गर्न चाहन्छु । केहि दिन घरमै सुरक्षित रहन सबैमा फेरी पनि अपिल गर्न चाहन्छु । अति आवश्यक काममा घर बाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्ने गर्दा आफू र अरुलाई पनि कोरोना भाइरस संक्रमण हुनबाट जोगाउने सम्भावना रहन्छ ।

अहिलेसम्म यसको औषधी पत्ता नलागेका कारण पनि यो संक्रमण कहिले र कस्तो अवस्थासम्म रहन्छ भन्ने आकंलन गर्न सकिएको छैन । यो अवस्थालाई ध्यानमा राख्दै हामीले जिम्मेवारीपूर्वक व्यवहार गर्नु नै संक्रमणबाट बच्ने उपाय हो । त्यस्तो अवस्थामा कोरोना भाइरसको संक्रमण (कोभिड–१९) का लक्षणहरु देखिएमा काभ्रे, बेथानचोक गाँउपालिकाले स्वास्थ्य समितिमार्फत केही दिनदेखि स्वाब संकलनको व्यवस्था गरिरहेको जानकारी गराउन चाहन्छु । स्वाब परीक्षणबाट कोरोना पोजेटिभ देखिएको अवस्थामा उपचारका लागि अस्पताल लानुपरेमा पनि गाँउपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउनेछ ।

गाउँपालिकाले दिनसक्ने सेवा–सुविधामा कुनै कसर नराखिने प्रतिबद्धता जाहेर गर्दछु । हामी सबै मिलेर यो कठीन अवस्थाको सामना गर्नुपर्ने आबश्यकता छ । यो संकटको घडीमा गाउँपालिकाका दिदी–बहिनी, दाजुभाइमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न, संकटमा परेका व्यक्ति वा समूदायलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।

गाँउपालिकाले पनि वडा नं २ स्थित ढुंखर्क स्वास्थ्य चौकीमा १० बेड क्षमताको कोभिड–१९ अस्पताल सञ्चालनमा ल्याएको छ, जहाँ डाक्टरसहितको टोलीको व्यवस्था गरिएको छ । २०७८ वैशाख ३० गते बिहीबार पाँच वटा अक्सिजनको सिलिण्डर ल्याइएको छ । थप अक्सिजनको सिलिण्डर गाँउपालिकाले खरिद गर्ने प्रयास गर्दा पनि सम्भव भइरहेको छैन । यदि संस्थागत वा व्यक्तिगत पहलबाट अक्सिजन सिलिण्डर खरिद गर्न सकिने अवस्था यहाँहरु कसैको जानकारीमा छ भने गाउँपालिकालाई खबर गरिदिनु विनम्रतापूर्वक काभ्रे, बेथानचोक निवासी सबैमा अपिल गर्दछु ।

भविष्यमा कोभिड–१९ अस्पताललाई २५ बेड क्षमतासम्म पु¥याउन योजना रहेको यहाँहरुमा जानकारी गराउन चाहन्छु । गाँउपालिकामै रहेको अस्पतालमा उपचार सम्भव नभएको खण्डमा त्यस्ता विरामीलाई जिल्ला भित्रकै अस्पताल वा जिल्लाबाहिर लैजानु पर्ने अवस्थामा एम्बलेसन सेवा निशुल्क उपलब्ध गराइनेछ । देशका अधिकांश जिल्लामा आइपरेको यो कठीन समयलाई हामी सबै मिलेर सामना गर्नुपर्ने हुन्छ । यस्तो अबस्थामा आवश्यकता पर्दा सेवाका लागि तयार हुनु भएका यस बेथानचोक गाउँपालिका भित्रका विभिन्न सरकारी, गैर सरकारी संघ–संस्था, राजनीतिक दल र व्यक्तिहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।

गाँउपालिकाको साधान श्रोतबाट मात्रै सेवा दिन असमर्थ भएको अवस्थामा यहाँहरुको सहयोग आवश्यक पर्नेछ, उहाँहरुलाई म हृदयदेखि पुनः धन्यवाद दिन चाहन्छु । संक्रमणलाई न्यूनिकरण गर्ने क्रममा स्वास्थ्यकर्मी, गाँउपालिका, वडा कार्यालयका जनप्रतिनिधि, प्रहरीहरु र सेवारत कर्मचारी लगायत जनसमूदायलाई हृदयदेखि नै आभार प्रकट गर्दछु । गाउँपालिकाले दिनसक्ने सेवा–सुविधामा कुनै कसर नराखिने प्रतिबद्धता जाहेर गर्दछु ।  हामी सबै मिलेर यो कठीन अवस्थाको सामना गर्नुपर्ने आबश्यकता छ । यो संकटको घडीमा गाउँपालिकाका दिदी–बहिनी, दाजुभाइमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न, संकटमा परेका व्यक्ति वा समूदायलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।

(प्रेमबहादुर तिमल्सिना काभ्रे, बेथानचोक गाँउपालिकाको अध्यक्ष हुनुहुन्छ, उहाँले जारी गर्नु भएको विज्ञप्ति सम्पादन सहित )