तरुण खबर
३ जेष्ठ २०७८, सोमबार १०:०८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ अगाडि नै विश्वासको मत लिने भएका छन् । विशेष स्रोतका अनुसार आइतबार एमाले अध्यक्ष ओली र माधवकुमार नेपालबीच भएको छलफल आधारमा विश्वासको मत लिइने भएको छ । उनले नेपाली काँग्रेसको भूमिकाका कारण आफूहरु माधवकुमार नेपालसँग सम्झौता गर्न बाध्य भएको दावी गर्दै आएका छन् ।
किन भने नेपाली काँग्रेस प्रतिपक्षी दलका लागि जनताबाट म्याण्डेट पाएको हो, त्यहीँ भूमिकामा बस्छौं भनेको भए हामीले नेपालसँग सम्झौता गर्नु पर्ने अबस्था आउने थिएन ओली निकट एक नेताले तरुणसँग भनेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा रुची नहुँदा नहुँदै पनि साथीभाइको दवावका कारण प्रधानमन्त्री बन्न पछिल्लो समय लागि परेका थिए । हिजो आइतबार दुई समूहको बैठकले पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच वान टु वान वार्ता भएको थियो । वार्ता करिब करीब २ घण्टा चलेको थियो । कार्यदलमा दुवै पक्षका पाँच पाँच जना सदस्य रहनेछन् । ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । त्यस्तै नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् । वार्तापछि प्रधानमन्त्री ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । कार्यदलले तीन दिनभित्र खाका तयार गरेर बुझाउनेछ । सत्तारूढ नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको हो ।
नेपाली काँग्रेस प्रतिपक्षी दलका लागि जनताबाट म्याण्डेट पाएको हो, त्यहीँ भूमिकामा बस्छौं भनेको भए हामीले नेपालसँग सम्झौता गर्नु पर्ने अबस्था आउने थिएन ओली निकट एक नेताले तरुणसँग भनेका छन् ।
यता, प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ नै तोकिएको ढाँचाभन्दा फरक किसिमले खाएको विषय राजनीतिक र कानुनी मुद्दा बनेको छ । जनता समाजवादी पार्टीले शपथ बदर गर्न माग गरेको गर्दै सर्वोच्च अदालतमा तीनवटा रिट परेका छन् । पुनः शपथग्रहण नगरेसम्म ओलीलाई प्रधानमन्त्रीको हैसियतमा कुनै काम नगर्न–नगराउन रिटमा माग छ । यद्यपि, ती रिटमध्ये कुनै पनि दर्ता भएका छैनन् । हाललाई ती रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
‘०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्य निष्ठापूर्वक ‘त्यो पर्दैन’ भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ,’ जसपाका दोस्रा अध्यक्ष उप्रेन्द्र यादवको विज्ञप्तिमा छ ।


