एनएमबी बैंकद्वारा अनलाइनबाटै केवाइसी विवरण भर्ने सुविधा

एनएमबी बैंकद्वारा अनलाइनबाटै केवाइसी विवरण भर्ने सुविधा तरुण खबर ३ जेष्ठ २०७८, सोमबार १०:२५
एनएमबी बैंकद्वारा अनलाइनबाटै केवाइसी विवरण भर्ने सुविधा

काठमाडौं । एनएमबि बैंकले अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्न सक्ने सुविधा ल्याएको छ । ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल÷सामाजिक सञ्जाल) मार्फत अनलाइन नयााँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैंकका अनुसार अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन । ‘एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकमा नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सक्छन्,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।