तरुण खबर
४ जेष्ठ २०७८, मंगलवार १०:३७
मछिन्द्रकुमार लामा
अघिल्लो बुधबार काभ्रे, बेथाञ्चोक–५ च्यासिङखर्कको कपुर महांकल डाँडामा भएको अंग्रेज फौजसँग गोरखाली सेनाको ऐतिहासिक युद्धका सन्दर्भमा समान्य चर्चा गरेको थिएँ । त्यसमा थोरै इतिहास, भूगोल र प्रकृतिको कुरा पनि उठाएको थिएँ । आज म ढुंखर्कको पहिचान, त्यसमा प्रकृतिको योगदान, धार्मिक मठ–मन्दिरबारे सामान्य चर्चा गर्ने छु । देशको राजधानी काठमाडौंबाट ४५ किलोमिटर पूर्व दक्षिणमा रहेको बेथाञ्चोक गाउँपालिका दुईदेखि तीन घण्टामा सजिलै पुग्न सकिन्छ । त्यसपछि गेल्डुङ बजारबाट नारायणथान पुग्न दुई वटा बाटो रोज्न सकिन्छ । दक्षिणतर्फ ग्वा भञ्ज्याङ–नांगेचौर (पिकनिक स्पट) हुँदै पनि जान सकिन्छ । यो मार्गबाट जाँदा करीब दुई घण्टासम्म लाग्न सक्छ । ठूलाचौर, घोडाबाँधे ( राजा भूपतीन्द्र मल्लले घोडा बाँधेको हुनाले ठाउँको नाम रहन गएको हो भनिन्छ) हुँदै गाडीबाट पनि जान सकिन्छ ।
गाडीबाट जाँदा करीब एक घण्टामा हिडेर नारायणथान पुग्न सकिन्छ । गेल्डुङ बजार–महाकांलथान–गोर्खालीगाउँ–च्यासिङखर्क–कामीडाँडा हुँदै नारायणथान पनि पुग्न सकिन्छ । यो मार्ग घुमाउरो भए पनि दृष्यलोकनको दृष्टिकोणबाट हेर्दा उत्तम विकल्प हुन सक्छ । पैदल यात्रीले कपुर महांकालको दर्शन गर्न सकिने सुविधा पनि पाउँने छन् । अब म ३ हजार १८ मिटर उचाइमा रहेको नारायणथानको धार्मिक महत्व, पर्यटकीय महत्व र ऐतिहासिक पक्षबारे चर्चा गर्ने छु । पहाडी मुलुकका रुपमा चिनिने नेपालमा हिमाल, महाभारत र चुरे गरी तीन प्रकारका पर्वत श्रृंखलाहरु छन् । नारायणथान महाभारत पर्वत शृंखलाको शिखरमध्ये एक हो । वैष्णव सम्प्रदायका विद्वान आचार्य राघवेन्द्रको अघुवाइमा निर्माण भएको लक्ष्मीनारायणको मन्दिरले बेथाञ्चोकको महिमा र महत्व अझै बढ्न गएको छ । त्यसअघि हिन्दु सम्प्रदाय र बौद्ध सम्प्रदायका व्यक्तिहरुले शिवजीको बासस्थानका रुपमा पुजाआजा परम्परादेखि चलाउँदै आएका थिए ।
बेथाञ्चोक–२ द्वारा प्रकाशित बेथाञ्चोक नामक पुस्तकका अनुसार भक्तपुरका राजा भूपतीन्द्र मल्ललाई सपनामा चाँगुनारायणले दर्शन दिदै भने– तिम्रो क्षेत्रमा काटमार धेरै हुन थालेकाले म बस्न सकिनँ, दक्षिणतिर महाभारतको अग्लो लेकमा बस्न थालेको छु, दर्शन गर्न मन लागे त्यहीँ आऊ । भोली पल्ट बिहान राजा भूपतीन्द्र मल्लले आफ्ना पण्डित तथा ज्योतिषीहरुलाई बोलाएर सपनाको बृतान्त सुनाए छन् । त्यसमध्ये एकजना तिमल्सिना थरका ज्योतिषी पारु जैशीले जोखना हेरेर ठाउँ पत्ता लागए । ज्योतिषी अघिअघि राजा भूपतीन्द्र मल्लको टोली पछिपछि दक्षिणतर्फको महाभारत क्षेत्रमा उकालो लागे । उनीहरुको टोली जाँदाजाँदै महाभारत लेकको त्यस क्षेत्रको शिखरमै पुगे । महाभारत लेकको शिखरमा पुगेपछि ज्योतिषीले पूजाआजा गर्नासाथ नारायण प्रकट भए, राजा भूपतीन्द्र मल्लले दर्शन पाए । राजा भूपतीन्द्र मल्लले नारायण भगवानको दर्शन पाएपछि उनी अत्यन्तै खुशी भए ।
उनलाई अस्पतालले एक रातको अक्सिजन लिएको १ सय ८० डलरका दरले विल पठाएछ । त्यपछि उनले भनेछन्– यो धर्तीको क्रृण मैले कसरी तिरौं ? मैले त जीवनभर सित्तैमा अक्सिजन लिइरहेको छु । यो सबै प्रकृतिको योगदान हो । अस्पताललाई रकम तिर्ने कुराभन्दा पनि प्रकृतिको क्रृण तिर्ने कुरा उनलाई महान लाग्यो । यो कुरा हामीले कहिले र कसरी बुझ्ने ?
यसपछि पारु ज्योतिषी (तिमल्सिना) लाई त्यस क्षेत्रको जग्गा विर्ता दिएको बताइन्छ तर आधिकारी प्रमाण पाइएको छैन । त्यस क्षेत्रमा कुन समूदायको बसोबास पहिला भएको हो आधिकारिक प्रमाण नपाइएकाले यसै भन्न सकिएको छैन । जे होस्, नारायण भगवानको दर्शन पुजा गर्नाले धन धान्यादिले परिपूर्ण हुनुका साथै स्त्री, पुत्रबाट सुख, सन्तोष भई अन्तमा नारायण गति प्राप्त हुन्छ भन्ने नेपाल महात्म्य, हिमवत्खण्डमा उल्लेख गरिएको छ । आचार्य राघवेन्द्र गुरुले मन्दिरमा बासस्थान बनाउँदासम्म नारायण भगवानको नित्य पुजा हुन्थ्यो । पुजामा केशरी, जौ, तिल, अक्षता, फूल, दुबो चढाई धूप, दीप, नैवेद्य प्रसादमा लगाउने गरिएको स्थानियको भनाई छ । नारायणथानमा फागुपूर्णिमामा ठूलो मेला लाग्ने परम्परा अहिले पनि छदैछ ।
मेलामा त्यस क्षेत्रका अलाबा भक्तपुर, बनेपा, पनौतीदेखिका मान्छेहरुको लर्को लाग्ने गरेको छ । यसर्थ, मन्दिर निर्माणमा सहयोग पु¥याउँनु हुने सबैमा नमन गर्न चाहन्छु । पहिले पहिले प्रकृति र मानिसबीच दोहोरो जिम्मेवारी थियो भने अहिले मानिसहरुले प्रकृतिलाई हेर्ने दृष्टि उपभोक्तामुखी बनाएको छ । प्रकृति एकोहोरो दोहनमा परेको छ । किन भने सडकका नाममा जंगल विनास गरिएको छ । प्रकृति संरक्षणविहीनताले विनाश हुँदै गएको छ । जन्मस्थान र आवास क्षेत्र छोडेर अर्कै नयाँ ठाउँमा जानका निम्ति पशुपंक्षी, चराचुरुङ्गी र मान्छेहरुलाई समेत बाध्य पारिने अवस्थालाई पर्यावरण सङ्कटसँग जोडेर हेर्ने गरिन्छ । यो समस्या मूलतः जमिनको समस्या हो । पञ्चायतकालमा तराईमा जङ्गल मासेर, वन्य जीवजन्तुको सिकार गरेर पहाडी मूलका मानिसहरूको बस्ती बसाइनु र २०६३ को गणतन्त्रको आन्दोलन र परिवर्तनपछि तराईबाट तिनीहरूलाई लखेटिनुमा पनि विस्थापनको सांस्कृतिक मर्म लुकेको छ भन्न सकिन्छ ।
माटो प्रकृति र जीवन जीउने पहिलो आधार हो । माटोको महिमा वैदिक साहित्यदेखि नै अभिव्यक्त हुँदै आएको छ । जंगलको विनासले पर्यटन व्यवसाय फष्टाउन सक्दैन भन्ने कुरा हामीले सिक्नै सकेका छैनौं । एक जना प्रसिद्ध व्यक्तिले भनेको भनाई अहिले मेरो मनस्थितिमा घुमिरहेको छ– उनलाई कोरोनाको संक्रमण भएपछि अक्सिजनको आबश्यकता परेछ । उनलाई अस्पतालले एक रात अक्सिजन लिएको १ सय ८० डलरका दरले विल पठाएछ । त्यपछि उनले भनेछन्– यो धर्तीको क्रृण मैले कसरी तिरौं ? मैले त जीवनभर सित्तैमा अक्सिजन लिइरहेको छु । यो सबै प्रकृतिको योगदान हो । अस्पताललाई रकम तिर्ने कुराभन्दा पनि प्रकृतिको क्रृण तिर्ने कुरा उनलाई महत्व लाग्यो । यो कुरा हामीले कहिले र कसरी बुझ्ने ?
पहिले–पहिले पानीलाई पर्यटनको आधार मानिन्थ्यो भने अहिले जंगललाई पहिलो आधार मानिन्छ । अहिलेको युग घुमफिरको युग हो । बेथाञ्चोक–२ ढुंखर्क नजिकै रहेका धुलिखेल र नगरकोट उपत्यकाको पर्यटकीय दृष्टिकोणबाट निकै अघि छन् । तर नजिकका पर्यटकीय गन्तव्यको तुलनामा प्राकृतिक सुन्दरता र लोभलाग्दो मौसम भएर पनि ढुंखर्कले पर्यटनमा आशातित फड्को मार्न सकेको छैन ।
पहिले पहिले पानीलाई पर्यटनको आधार मानिन्थ्यो भने अहिले जंगललाई पहिलो आधार मानिन्छ । अहिलेको युग घुमफिरको युग हो । बेथाञ्चोक–२ ढुंखर्क नजिकै रहेको धुलिखेल र नगरकोट उपत्यकाको पर्यटकीय दृष्टिकोणबाट निकै अघि छन् । तर नजिकका पर्यटकीय गन्तव्यको तुलनामा प्राकृतिक सुन्दरता र लोभलाग्दो मौसम भएर पनि ढुंखर्कले पर्यटनमा आशातित फड्को मार्न सकेको छैन । नारायणथान अर्थात कान्छि हिमाल (किङ अफ हिल), साल्मेथुम्को (जहाँ हवाई जहाज बस्न सक्ने चौर छ), कामीडाँडा, बतासेडाँडा र घोडाबाँधे जस्ता पर्यटकीय गन्तव्य बनाउँन सकेका छैनौं । हामीले पर्यटनको बजारीकरण कसरी गर्ने भन्नेबारे कुनै ठोस योजना र रणनीतिक सार्वजनिक गर्न सकेका छैनौं । ठाउँ सुन्दर र नजिक छ, सुरक्षित छ भनेर मात्र विदेशी धनाध्य पर्यटक आउँदैनन् ।
नारायणथान जाने मार्गमा आन्तरिक पर्यटनका लागि भर्खरै स–साना रेष्टुरा खोलिएका छन्, हालसालै बेथाञ्चोक–२ ढुंखर्कको डोलाखोलमा विदेशी–स्वदेशी पर्यटकका लागि होटल जम्बाला खुलेको छ । ढुंखर्कमा विदेशी पर्यटकका लागि स्तरीय होटल खुल्ने क्रम चलिरहेको छ । जसरी पोखराको पर्यटन भन्ने वित्तिकै फेवाताल, चितवनको सौराह भन्ने वित्तिकै हात्तिमा जंगल सफारी गरेको मनमस्तिष्कमा आउँछ, यसै गरी बेथाञ्चोकको ढुंखर्क आफूसँग अथाह प्राकृतिक स्रोतमध्ये कुन स्थानलाई आधार बनाएर पर्यटकीय सम्भावना खोज्ने भन्ने विषयमा थप अध्ययनको आबश्यकता महशुस भएको छ । यद्यपी नारायणथानमा नेपालका मूर्तिहरुमध्ये सबैभन्दा अग्लो नारायणको मूर्ति र घोड्बाँधे (राजाको टोली बास बसेको ठाउँ) मा राजा भूपतीन्द्र मल्लको पूर्णकद्को मूर्ति राख्न सायद कसैले रोक्दैन । यसले देशको पर्यटन व्यवसायलाई नै योगदान दिन सक्छ । क्रमशः


