तरुण खबर
४ जेष्ठ २०७८, मंगलवार १०:४२
म्यानमार । मिस यूनिभर्स प्रतियोगितामा म्यानमार (बर्मा) की प्रतियोगीले मञ्चमै सेनाको अत्यचारमा विश्वको ध्यान केन्द्रीत गर्ने गरी मुद्दा उठाएकी छन् । म्यानमारकी मिस यूनिभर्स थुजार विन्टले १ फ्रेब्रुअरीमा लोकतान्त्रिक सत्तालाई विस्थापित गर्ने गरी सेनाले बलजप्मती सत्ता आफ्नो हातमा लिएपछि अत्याचारको सीमा नाघेको छ बताएकी थिइन् । लोकतन्त्रको पक्षमा आवाज उठाउनेहरुमध्ये सयौं अर्थात करीब ७९० जनाको सेनाले हत्या गरेको उनले मञ्चबाट जानकारी दिएकी थिइन् । अमेरिकाको फ्लोरिडाको हार्ड रोक होटल एण्ड क्यासिनोको हलमा भएको प्रतियोगिता प्रे फर म्यानमारको पोष्टर हातमा लिएर थुजार विन्टले एक भिडियो बनाएकी थिइन् ।
उनले बनाएको भिडियो अहिले भाइरल भएको छ । प्रतियोगितको अन्तिम प्रतिश्पर्धाबाट बाहिरिरहेकी थुजार मिन्टले नेशनल कोष्ट्यूम अवार्ड भनें जितेकी छन् । म्यानमारको सेनाले यस सन्दर्भमा कुनै प्रतिक्रिया जनाएको छैन । थुजार विन्ट सेनाको अत्यचार बारे बोल्दा विश्वका दर्जनौं प्रगियोगीहरु सहभागी थिए । हालसम्म म्यानमारको सेनाले ६ हजारभन्दा बढी व्यक्तिलाई गिरप्mतार गरिसकेको छ । ४ हजार व्यक्ति त अहिले पनि प्रहरी हिरासतमै छन् । नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेतृ एवं स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्ट, मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत सेनाले नियन्त्रणमा लिएको छ ।
उनीहरुमध्ये केही घरमै नजरबन्दमा छन् भने केहीलाई शारीरिक यातना दिएर जेल हालिएको छ । झन्डै ५० वर्ष जुन्ता शासन भोगेका बर्मेलीको कर्म १० वर्षपछि फर्किएर फेरि पहिलाकै ठाउँमा आइपुगेको छ । सन् २०११ मा सैनिक शासनबाट मुक्ति पाएका र २०१५ मा आफ्नो सरकार आफैं चुनेका बर्मेलीले दोस्रोपटक चुनेको सरकारको अनुहार देख्न नपाउँदै संकट भोगिरहेका छन् । गत वर्ष भएको चुनावमा आङ सान सूकीको दलले संसदको ४७६ मध्ये ३९६ सिट जितेको थियो, जुन कुरा सेनालाई मन परेको थिएन ।


