एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा उल्लेख्य बृद्धि

एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा उल्लेख्य बृद्धि तरुण खबर ४ जेष्ठ २०७८, मंगलवार १०:४४
एशियन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कमा उल्लेख्य बृद्धि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको यही अवधिको तुलनामा ४८ दशमलब १० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्यबाट १ अर्ब ४२ करोड ८२ लाख रुपैयाँ, बीमालेख धितोमा कर्जा लगानी गरेर १३ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको खुद नाफा पनि ३९ दशमलब ३१ प्रतिशतले बढेर १८ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत अर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख रुपैयाँ र जीवन बीमाकोषमा २५ अर्ब ४२ करोड ८ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ८ लाख रुपैयाँ संचित छ ।

हालसम्म कम्पनीको ३ लाख ६६ हजार ४६६ वटा बीमालेख कायम रहेका छन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ७ हजार ६८३ वटा दाबी बापत २ अर्ब ११ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३७ वटा दाबी बापत ४ करोड ४४ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी छ । यस अवधिमा इन्स्योरेन्स वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४८ पैसा र मुल्य आम्दानी अनुपात १०९ दशमलब ३१ गुणा रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।