तरुण खबर
४ जेष्ठ २०७८, मंगलवार १०:४६
काठमाडौं । सूर्य नेपालले तीन सरकारी अस्पताललाई स्वास्थ्य सामाग्री दिएको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण पीपीई र अक्सिमिटर प्रदान गरेको हो । यी स्वास्थ्य सामग्रीहरु सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकहरुलाई आइतबार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण र वितरण गैर नाफामूलक संस्था पूर्व गण्डकी बोर्डिंङ स्टुडेन्ट एशोसिएसन एग्बोसाले सहजीकरण गरेको थियो । विद्यमान कोभिड–१९ महामारीको दोश्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा ठूलै असर पारेको उल्लेख्य दबाबलाई विचार गरी यस प्रकारको अभूतपूर्व संकटको घडीमा कम्पनीले अन्य विभिन्न क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना बनाएको छ । यसअघि कम्पनीले ७ करोड रकम (प्रत्येक प्रदेशलाई १ करोडका दरले) ७ वटै प्रदेशहरुमा स्थापनमा गरिएको ’कोभिड–१९ उपचार तथा नियन्त्रण कोष’ लाई रकम दिएको थियो ।


