भारतीय चर्चित अभिनेत्री कंगना कोरोना मुक्त

भारतीय चर्चित अभिनेत्री कंगना कोरोना मुक्त तरुण खबर ५ जेष्ठ २०७८, बुधबार १०:४८
भारतीय चर्चित अभिनेत्री कंगना कोरोना मुक्त

काठमाडौं । भारतीय चर्चित अभिनेत्री कंगना रौनावतले कोरोना भाइरसको संक्रमणलाई पराजित गरेकी छन् । उनलाई ८ मेमा कोरोना पोजिटिभ भएको थियो । त्यसपछि आफूलाई थकान, कमजोरी र आँखा पोल्ने महशुस भएको बताएकी थिइन् । हिमाञ्चल जाने कार्यक्रम बनाएकी उनले कोरोना परीक्षण गराएकी थिइन् । तर नायीका कंगना रनावतलाई कोरोना पोजेटिभ भएको थियो । कोरोना भाइरसलाई सामान्य फ्लु  भएको उनले बताएकी छन् ।

अहिले कंगना रनावतले कोरोना टेष्ट नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । उनले आफ्नो  स्वास्थ्यप्रति ख्याल राखेर शुभकामना दिनेहरुलाई धन्यवाद दिएकी छन् । त्यस्तै, केही समयअघि मात्र बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर अकाउन्ट ट्वीटरले सदाका लागि बन्द गरिदिएको थियो । ट्वीटका कारण उनी निकै विवादमा आइरहने गर्थिन् । उनले बंगालमा भएको निर्वाचनलाई लिएर ममता बेनर्जीप्रति लक्षित ट्वीट गरेकी थिइन् ।

उनले गरेको ट्वीट सामाजिक सद्भावमा खलल पुग्ने खालको भएको भन्दै ट्वीटरले कंगनाको ट्वीटर बन्द गरेको हो । सधै विवादमा आइरहेन कंगना रनावत क्रृतिक रोशनसँग र मुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी) ले अभिनेत्री रनावतको पाली हिलस्थित कार्यालय भवन भत्काइरहेकोमा बम्बे उच्च अदालतले त्यसमा रोक लगाएको थियो । कंगनाले मुम्बईलाई पाकिस्तानअधीनस्थ कश्मीरसँग तुलना गर्दै ट्वीट गरेपछि महाराष्ट्र सरकारले कंगनाको कार्यालय भत्काउन लगाएको थियो ।