तरुण खबर
७ जेष्ठ २०७८, शुक्रबार १०:२९
प्रतिपक्षी दलहरुले महाअभियोग लगाए एमालेले उपराष्ट्रपति र सभामुखलाई पनि लगाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको छ । संविधानको धारा ७६ (३) अनुसार बनेको प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको नेपाली काँग्रेसले जनाएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत हो । आपत्तिजनक र असंवैधानिक छ ।’ यसबारे शुक्रबार बिहान पार्टीका शीर्षस्थ नेताबीच छलफल गरेर रणनीति बनाउने उनले जानकारी दिए । नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटा पराजित भएपछि प्रधानमन्त्रीबाट आफू हट्ने निर्णय लिएका छन् ।
नेता बादललाई हिजै सर्वोच्च अदालतको आदेशमा गृहमन्त्रीबाट पदमुक्त भएको दुई घण्टापछि राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उनी पराजित भएका थिए । यसर्थ, राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ (५) को सरकार गठन गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।
तर दलहरुले राष्ट्रपति भण्डारी आह्वानलाई अस्वीकार गर्ने सम्भावना छ । किन भने प्रधानमन्त्री ओलीले संसद् विघटन गरी निर्वाचनमा जान सक्ने दलहरुले अनुमान गरेका छन् । संविधान अनुसार शुक्रबार साँझसम्म धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीको नियुक्ति हुन नसकेको अवस्थामा उपधारा ७ को व्यवस्था लागु हुनेछ । उपधारा ७ अनुसार त्यसपछि ’प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ’ भनिएको छ ।
नेपाली काँग्रेस र माओवादी केन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पूर्वआदेश खारेज गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वनिर्धारित विश्वासको मत लिन, वा त्यसो नगर्ने भए तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिई हट्न नयाँ आदेश जारी गर्न दवाव दिन सक्छन् । यदि राष्ट्रपतिले अर्को आदेश जारी गरेर आफ्नो पूर्वकदमलाई सच्याउने मनसाय नदेखाए विपक्षी दलहरुले राष्ट्रपतिका विरुद्ध भोलि ५ः०० बजेभन्दा अगावै संसदमा महाअभियोग प्रस्ताव दर्ता गराई पदबाट निलम्वित गर्ने विषयमा छलफल गरिरहेका छन् ।
राष्ट्रपतिलाई महाभियोग लगाउदा उपराष्ट्रपति र सभामुखलाई एमाले सांसदहरुले महाअभियोग लगाउने सम्भावना रहेको हुँदा उनीहरु किम्कर्तव्य विमुड बनेका छन् । महाअभियोग पारित हुन संसदको दुई तिहाई मत आबस्यक पर्छ । त्यसका लागि सत्तारुढ एमालेको सहयोग आबस्यक पर्छ । यसअघि बादललाई एमालेकै माधवकुमार नेपाल समूहका उम्मेदवार डा. खिमलाल देवकोटाले पराजित गरेका थिए । डा.देवकोटाले ५ हजार ८८ र रामबहादुर थापा बादलले ४ हजार १४ मतभार पाएका थिए ।
देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए । नेता बादललाई भने एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान गरेका थिए । राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भने पूर्वअनुमानित नै थियो । किनभने यो उपनिर्वाचनमा एमाले विभाजित बनेको थियो । माधव नेपाल निकट देवकोटाले उम्मेदवारी दिँदा माओवादी सांसद प्रस्तावक र कांग्रेस सांसद समर्थक बसेका थिए ।


