तरुण खबर
७ जेष्ठ २०७८, शुक्रबार ११:१४
काठमाडौं । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन गर्नका लागि विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त सैद्धान्तिक निर्णय गरिएको एक मन्त्री जानकारी दिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट उक्त सैद्धान्तिक निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले नै जसपाका अध्यक्ष महन्थ ठाकुरलाई जानकारी गराएका छन् । मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुर र राजेन्द्र महतोलाई उक्त कार्यदल गठन गरिएको निर्णयबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको जसपाका एक नेताले बताए ।
नागरिकताको अध्यादेश ल्याउने र संविधान संशोधनका लागि विज्ञ सहितको कार्यदल गठन गर्ने मन्त्रिपरिषदबाट निर्णय गरिएको कुरा प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए । आफूहरुको माग पूरा गरिदिएकोमा जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका थिएका थिए ।


