तरुण खबर
१० जेष्ठ २०७८, सोमबार १०:१७
२३, मेमा ७ लाख ६६ हजार बढीको परीक्षण, १३ हजार बढी संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२३, मे) मा ७ लाख ६६ हजार २४५ जनाको नमुना परीक्षण गर्दा १३ हजार ५४१ जना कोरोना भाइरस संक्रमण थपिएका छन् । २२, मेमा ९ लाख ९४ हजार ६९९ जनाको नमुना परीक्षण गर्दा २० हजार ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका थिए । त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टा (२३, मे) मा २२, मेमा कोरोनाभाइरस संक्रमणबाट ४६८ जनाको मृत्यु भएको थियो ।
जेठ १० गते सोमबार बिहान ७.३० बजेसम्ममा ३ करोड ३८ लाख ९६ हजार ६६० जना कोरोना भाइरसका कुल संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ७५ लाख २ हजार २५५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ १० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५७ लाख ९० हजार ३१८ जना छन् ।
नेपाली समय अनुसार जेठ १० गते सोमबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४७ करोड ३३ लाख ४ हजार ८५६ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १४ करोड १८ लाख ५५ हजार ५७५ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १४ करोड १८ लाख ५५ हजार ५७५ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।
अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ १० गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ४ हजार ८७ जनाको मृत्यु भैसकेको छ । जेठ १० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १६ करोड ७५ लाख १६ हजार ३५२ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ लाख ७८ हजार १८६ जना छन् । .


