काभ्रे, बेथाञ्चोकको कोरोना संक्रमण र संक्रमितको अबस्था

काभ्रे, बेथाञ्चोकको कोरोना संक्रमण र संक्रमितको अबस्था तरुण खबर १२ जेष्ठ २०७८, बुधबार १०:४७
काभ्रे, बेथाञ्चोकको कोरोना संक्रमण र संक्रमितको अबस्था

भगवान घिमिरे
कोरोनाभाइरसको संक्रमणले विश्वलाई नै प्रभावित बनाएको सन्दर्भमा नेपाल कोरोना भाइरस प्रभावित नहुने कुरै भएन । २ करोड ९६ लाखभन्दा बढी जनसंख्या रहेको नेपालमा अहिलेसम्म ५ लाख २८ हजार ८४८ भन्दा बढी कोरोना संक्रमित हुनु असामान्य अबस्था हो । कुल संक्रमितमध्ये ६ हजार ७ सय जनाको निधन भैसकेको छ । नेपालमा सक्रिय संक्रमित नै १ लाख १७ हजार २६१ जनाभन्दा बढी छन् । काभ्रे जिल्लामा सक्रिय संक्रमितको संख्या २६ सय ४० जना छन् ।  सक्रिय संक्रमितमध्ये धुलीखेल र बनेपाको शिरमेमोरियल अस्पतालमा गरी १४३ जना अस्पतालको आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन् भनिएको छ ।

नेपाल गाउँ नै गाउँले भरिएको मुलुक हो, यसर्थ परीक्षण नै नगराउने, कोरोना संक्रमण भएर पनि लक्षण नदेखिएका बिरामीको संख्या गणनामा आएकै छैन् । यसैले आफूलाई कोरोना संक्रमण भएपनि लुकाउने व्यक्तिहरु नै संक्रमण फैलाउने  अभियान्ता हुन् भन्न सकिन्छ । यसर्थ यो संख्यालाई गणनामा ल्याउने हो भने अझै स्थिति अरु स्पष्ट हुन्छ । गत वर्ष अर्थात २०७७ साल जेठ १६ गते शुक्रबार नेपालमा एकै दिन १ सय ७० जना संक्रमित भेटिएका थिए । एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक थियो । कोरोना संक्रमित बढ्न थालेपछि २०७६ साल चैत ११ गतेदेखि नेपालमा लकडाउन लगाइएको थियो ।

तीन महिनासम्म लगाइएको लकडाउनले नेपालीहरुको आर्थिक अबस्था अत्यन्तै खराब बनाएको थियो । अहिले दैनिक ८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यी तथ्यांकले नेपालको अबस्था भयावह छ भन्ने देखाउँछ । २०७४ साल बैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति गरेका निर्देशक सिद्धान्तहरुमा गाउँपालिकाहरुले स्वास्थ्य पूर्वाधार विकासका लागि बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवस्यक स्वास्थ्यकर्मीको नियुक्ति र स्थानिय तहमा कम्तिमा एउटा अस्पताल सञ्चालन गर्ने अधिकार दिइएको छ । तर कतिपय अधिकार कागजमा मात्र सिमित छन्, केन्द्रीय सरकारको भेदभापूर्ण व्यवहारले गर्दा यस्तो अबस्था आएको हो ।

२०७४ साल बैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृति गरेका निर्देशक सिद्धान्तहरुमा गाउँपालिकाहरुले स्वास्थ्य पूर्वाधार विकासका लागि बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवस्यक स्वास्थ्यकर्मीको नियुक्ति र स्थानिय तहमा कम्तिमा एउटा अस्पताल सञ्चालन गर्ने अधिकार दिएको छ ।

नेपालको संविधानले स्वस्थ्यलाई मौलिक हकको रुपमा राखेको छ । प्रत्येक नागरिकलाई राज्यबाट अधारभूत स्वास्थ्य सेवा निशुःल्क पाउँने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई आफ्नो  उपचार सम्बन्धमा जानकारी पाउने हक संविधानले नै सुरक्षित गरेको छ । त्यसैले वास्तविक अबस्था जानकारी पाउनु जनताको अधिकारभित्रै पर्छ भन्ने मलाई लाग्छ । काभ्रे जिल्लामा दैनिक करीब ३५० देखि ५ सयभन्दा बढी कोरोना संक्रमित थपिदै जानुले पनि समग्र नेपालको अबस्था चित्रण गरेकै सन्दर्भमा यस जिल्लाको बेथाञ्चोक गाउँपालिकाको कोरोना संक्रमणको अबस्था र लक्षणबारे केही जानकारी दिन चाहन्छु ।

किन भने स्वास्थ्य कार्यालयहरु नगरपालिका वा गाउँपालिका मातहतमा आइसकेका छन् । बेथाञ्चोक, ढुंखर्कका संक्रमितहरुको लक्ष्यण अन्यत्रको जस्तै देखिएको छ । ज्वोरो आउनु, टाउको दुख्नु, स्वाद हराउनु, शरीर अंग–प्रत्यांग दुख्नु कोरोना संक्रमितको लक्ष्यण हो । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले केही वर्षअघि स्वास्थ्य संस्थाहरू औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ । बेथानचोक–२ ढुंखर्कमा कोभिड–१९ अस्पताल शुरु भैसकेको छ, जहाँ एक जना डाक्टरसहित दुई जना स्टाफ नर्स र अन्य कर्मचारी कार्यरत हुनुहुन्छ । ढुंखर्कमै रहेको धुलिखेल अस्पतालको शाखासँग समन्वय गरी काम गरिएकाले कोभिडका बिरामीको यहाँ उपचार भैरहेको छ । प्रायः सबै वडा कार्यालयहरुमा स्वास्थ्य चौकीहरु छन् ।

बेथानचोक–२ ढुंखर्कमा कोभिड–१९ अस्पताल शुरु भैसकेको छ, जहाँ एक जना डाक्टरसहित दुई जना स्टाफ नर्स पनि हुनुहुन्छ । ढुंखर्कमै रहेको धुलिखेल अस्पतालको शाखासँग समन्वय गरी काम गरिएकाले कोभिडका बिरामीको उपचार भैरहेको छ ।

बेथानचोक–१ च्याम्रङबेशीमा स्वास्थ्य चौकी, बेथानचोक–३ को स्वास्थ्य चौकी महाकालथानमा छ भने वडा ४ मा गणेशथान र पट्गाउँबेशीमा गरी दुई वटा स्वास्थ्य चौकीहरु छन् ।  त्यस्तै बेथानचोक–५ र ६ मा कामीडाँडा नजिकै स्वास्थ्य चौकी छ भने ६ नम्बर भुग्देऊको महाकालचौरमा रहेको छ । तर यी स्वास्थ्य चौकीहरुमा कोभिड–१९ का बिरामी बाहेक अरुको प्रारम्भिक उपचार मात्र गर्ने गरिन्छ । हरेक वडा कार्यालयमा वडा अध्यक्षको संयोजनमा विपत व्यवस्थापन समिति बनेको छ । तर उनीहरुले जनअपेक्षा अनुसारको काम गर्न सकिरहेका छैनन् ।  दीर्घ रोगीहरुको वास्ताविक तथ्यांक, अल्पकालीन रोगीहरुको संख्या, युवाहरु र बालबालिकाहरुको तथ्यांक लिनका लागि आर्थिक अभाव प्रमुख समश्य भएर आएको छ ।

र, गाउँपालिकामा दक्ष जनस्वास्थ्यकर्मीको अभावले तथ्यांक लिन सकिएको छैन् । तथ्यांकको अभावमा सरकरले दिने भनिएको निशुःल्क औषधी वितरणमा पनि समश्या भएको छ ।  यसर्थ, गाउँपालिका वा नगरपालिकाले आफ्नो  क्षेत्रका जनताको स्वास्थ्यको जिम्मा गाउँपालिका वा नगरपालिकाले लिने अबस्था आउँनु अपरिहार्य छ । २०७६ चैत ११ गते यतासम्ममा काभ्रेपलाञ्चोक जिल्लामा कोरोना संक्रमणबाट करीब एक सय ५९ जनाभन्दा बढीको ज्यान गैसकेको छ । १५९ जनामध्ये काभ्रे जिल्लाका ११४ जनाको निधन भएको छ भने बाहिर जिल्लाबाट आएर काभ्रेमा बसेका ४५ जना छन् । २०७८ साल जेठ १२ गते बिहानसम्ममा बेथानचोक गाउँपालिकाभित्र करीब ९३ जना कोरोना भाइरस संक्रमित छन् भने संक्रमितमध्ये तीन जनाले ज्यान गुमाएका छन् ।

केही दिनअघि बेथानचोक–३ का ३३ जनाको नमुना परीक्षण गर्दा २३ जना संक्रमित हुनुले कोरोना संक्रमण गाउँगाउँमा फैलिसकेको अनुमान सजिलै गर्न सकिन्छ । वडा नम्बर ३ ले हिजैदेखि नै वडाभर बन्दाबन्दी गर्ने सूचना प्रकाशित गरेको छ । हाम्रो वडामा २२ जना कोरोना भाइरसका संक्रमित देखापरेपछि आज राती १२.०० बजेदेखि बन्दाबन्दी हुनेछ । यसैले कोरोनाभाइरसको संक्रमण फैलदो  छ, स्वास्थ्य मापदण्डको पालना गरौं, आफू सुरक्षित बसौं, अरुलाई पनि सुरक्षित राखौं ।
(बेथानचोक गाउँपालिका–२ का वडा अध्यक्ष भगवान घिमिरेसँग भएको कुराकानीमा आधारित)