प्राइम बैंकद्वारा विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्राइम बैंकद्वारा विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण तरुण खबर १३ जेष्ठ २०७८, बिहीबार ११:३८
प्राइम बैंकद्वारा विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । कोभिड­१९ विरुद्घको लडाइमा यस बैंकको सहयोगलाई निरन्तरता दिने क्रममा हालै कोभिड­१९ का विरामीहरुलाई प्रभावकारी ढंगले उपचार गर्दै आएको वीर अस्पताललाई करिव ३० लाख रुपैयाँ बराबरको पि.पि.ई सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, सानिटाइजर, अक्सिजन ट्रलीलगाएत विभिन्न स्वास्थ सामाग्रीहरु प्राइम बंैकका संचालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रिय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका छन् ।

यस बैंकले कोभिड­१९ विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई जारी राख्ने प्राइम बैंकका महाप्रबन्धक संजीव मानन्धरले जानकारी दिएका छन् । यसअघि विश्वव्यापी रुपमा फैलिएको कोभिड­१९ महामारीको दोस्रो लहरबाट विगत केही समयबाट मुलुक आक्रान्त बनेको अवस्थामा विभिन्न अस्पतालहरुमा विरामी शैथ्या, अक्सिजन लगाएत अन्य अति आवश्यक स्वास्थ सामाग्रीहरुको चरम अभाव भई संक्रमित विरामीहरुको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै यस प्राइम बैंकबाट सुदुर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र माहाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको छ ।