तरुण खबर
१४ जेष्ठ २०७८, शुक्रबार ११:०२
काठमाडौं । चीनकोे शिन्जियाङग प्रान्तका उइगर मुस्लिमहरुलाई यातना दिने गरिएको जानकारी भएकै विषय हो । चीनका एक सफ्टवेयर इञ्जीनियरले बनाएको भिडियोले यातनाको खुलासा गरेको हो । उनले शिनजियाङग प्रान्तको प्रहरी कार्यलयमा गोप्य रुपमा इन्टेलिजेन्स क्यामरा फिट गरेका थिए । उनले फिट गरेको क्यामराले उइगर मुसलमानमाथि दिइएको यातनाको अनुहारको हाउभाऊ कैद गर्ने छ । फ्टवेयर इञ्जिनियरले आफ्नो र कम्पनी सुरक्षालाई ख्याल गर्दै आफ्नो र कम्पनीको नाम खुलाएका थिएनन् ।
३ मिटर टाढा राखिएको क्यामरा लगाउँदाको उनको भूमिकाबारे बयान गरेका छन् । यद्यपी उनले पाँच जना उइगर मुसलमानहरुको तस्विर देखाएका छन् । शिनजियाङग प्रान्तमा कम्तिमा १२ लाख घरहरु अल्पसंख्यक उइगर मुसलमानको छ । मानव अधिकारवादी समूहहरूले चीनले करीब १० लाख उइगर र अन्य मुस्लिमलाई थुनामा राखेको बताउँदै आएका छन् । तर चीनले आफूहरू आतंकवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै कुनै किसिमको गलत काम नगरेको बताउने गरेको छ ।
म यहाँबाट निस्कन र मेरा श्रीमान्सँग हुन चाहन्छु, केही दिनअघि सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिएको एउटा हस्तलिखित पत्रको तस्बिरमा उल्लेख गरिएको थियो । उक्त पत्र लेख्ने नादिला वुमैर चीनमा रहेका उइगर मुस्लिम अल्पसंख्यक समुदायकी सदस्य हुन्, जो चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा आफ्ना दुई वर्षे छोरासहित नजरबन्दमा रहेको बताइएको छ । एउटा अस्ट्रेलियन टेलिभिजनमार्फत् एक चिनियाँ अधिकारीले उनी आफ्नै इच्छाले चीनमा बसिरहेको बताएपछि आफ्नो सन्देश थाहा होस् भनेर वुमैरले त्यस्तो गरेकी हुन् । उनका श्रीमान् सदाम अब्दुसलामले ती चिनियाँ अधिकारीको दाबीलाई सोही कार्यक्रममा प्रश्नोत्तर गर्न पाइने बेला चुनौती दिएका थिए ।


