तरुण खबर
१५ जेष्ठ २०७८, शनिबार ११:४८
अमेरिकामा २८, मेमा ९ लाख ९२ हजार बढीको परीक्षण, २२ हजार बढी संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२८, मे) मा ९ लाख ९२ हजार ७६४ जनाको नमुना परीक्षण गर्दा २२ हजार ८१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २७, मेमा १० लाख ८ हजार ४०६ जनाको परीक्षण गर्दा २४ हजार ५५७ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टा (२८, मे) मा कोरोना संक्रमणबाट ६२७ जनाको मृत्यु भएको छ । २७, मेमा कोरोना संक्रमणबाट ६६९ जनाको मृत्यु भएको थियो ।
जेठ १५ गते शनिबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४० लाख २२ हजार ६५७ जना कोरोना भाइरसका कुल संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ७७ लाख ६७ हजार ४० जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ १५ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५६ लाख ४६ हजार ६५६ जना छन् ।
नेपाली समय अनुसार जेठ १५ गते शनिबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४७ करोड ८१ लाख ४१ हजार ४१७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १४ करोड ६६ लाख ९२ हजार १३६ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १४ करोड ६६ लाख ९२ हजार १३६ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।
अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ १५ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ८ हजार ९६१ जनाको मृत्यु भैसकेको छ । जेठ १५ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड १ लाख २३ हजार ४८२ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ लाख ३७ हजार ४९७ जना छन् ।


