भारतले दैनिक ५० लाख डोज भ्याक्सिन लगाउने योजना पेश

भारतले दैनिक ५० लाख डोज भ्याक्सिन लगाउने योजना पेश तरुण खबर १५ जेष्ठ २०७८, शनिबार ११:५१
भारतले दैनिक ५० लाख डोज भ्याक्सिन लगाउने योजना पेश

२८, मेमा भारतमा २० लाख ७० हजार बढीको परीक्षण, १ लाख ७१ हजार बढी

काठमाडौं । आगामी दुई महिनापछि प्रति महिना भारतले कोरोना भाइरस विरुद्धको भ्याक्सिन ८ करोड औषधी निकाल्ने भएको हिन्दुस्तान टाइम्सले लेखेको छ । जुलाई–अगस्तसम्ममा १५ करोड डोज भारतमा आउने त्यहाँका अधिकारीहरुले बताएका छन् । त्यसको अर्थ दैनिक ५० लाख जनताले भ्याक्सिन लगाउन पाउने छन् । भारत सरकारले डिसेम्बरसम्ममा २१६ करोड डोज खोप उत्पादन गर्ने कार्ययोजना ल्याएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले १३० दिनमा २० करोडभन्दा बढीलाई खोप लगाइएको जानकारी दिएको छ । रातारात खोप उत्पादन गर्न नसकिने भन्दा परीक्षणमा धेरै समय लाग्ने स्वास्थ्य मन्त्रायलयले दावी गरेको छ । मन्त्रालयले राष्ट्रिय विशेषज्ञ समूहको माध्यमबाट कोरोना विरुद्धको भ्याक्सिन राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्माता कम्पनीसँग कुरा भैसकेको बताएको छ, जसका कारण फाइजर, मोडर्नाजस्ता निर्माता कम्पनी भारतसँग जोडिएका छन् ।

वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२८, मे) मा २० लाख ७० हजार ५०८ जनाको नमुना परीक्षण गर्दा १ लाख ७१ हजार ७२६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २७, मेमा २१ लाख ५७ हजार ८५७ जनाको परीक्षण गर्दा १ लाख ७९ हजार ७७० जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२८, मे) मा कोरोना संक्रमणबाट ३ हजार ५६३ जनाको निधन भएको छ । २७, मेमा कोरोना संक्रमणबाट ३ हजार ५५८ जनाको मृत्यु भएको थियो ।

नेपाली समय अनुसार जेठ १५ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ७७ लाख १९ हजार ४३१ जना छन् । भारतमा २ करोड ५१ लाख ७० हजार ९५२ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख २६ हजार ९५ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ १५ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख २२ हजार ३८४ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।