तरुण खबर
१५ जेष्ठ २०७८, शनिबार १२:०६
मृतकका भाइ र छोराहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा
काठमाडौं । नेपालगञ्जको भेरी अस्पतालमा घटेको घटनामा संलग्न भएको आरोपमा मृतकका दुई छोरा र एक भाइ गरी तीन जनालाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । बिरामीका आफन्तले चाहिँ चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाएर आक्रमण गरेका थिए । त्यस क्रममा उनीहरूले आईसीयूमा प्रवेश गरी तोडफोड पनि गरेको प्रहरीले बताएको छ ।
क्त घटनाको छानबिनका लागि स्थानीय प्रशासनले बिहीवार मध्यराति नै सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको संयोजकत्वमा छानबिन समिति पनि बनाइएको थियो । डा. चन्द्रप्रकाश साहुसहित नर्सहरू सदीक्षा गैरे, वन्दना श्रेष्ठ र आश्विन गुरुङले अस्पतालको पहिलो तलाबाट हाम फालेर ज्यान जोगाएको दाबी अस्पतालका स्वास्थ्यकर्मीले गरेका छन् । आक्रमणमा परेकी नर्स सदीक्षा गैरेले ज्यान जोगाउन आफू क्याबिनको शौचालयमा लुकेको तर त्यहाँ पनि आक्रमण भएपछि झ्यालबाट बाहिर हाम फालेर बाँच्न सफल भएको दाबी गरिन् ।
उनले हामी एक तलामाथि झ्यालबाट हाम फाल्दा तल इँटैइँटा थियो, हामीलाई खुट्टामा चोट लागेको छ, तर बाँच्न सफल भयौँ । उनले आक्रमणका क्रममा मृतकका आफन्तले ड्यूटीमा रहेका नर्सहरूमाथि हातपात गरेको पनि आरोप लगाइन् । ती मृतकको उपचारका क्रममा पनि आफन्तहरूले आफूहरूलाई मानसिक तनाव दिएको उनको भनाइ छ ।
बिहीवार राति दाङका एकजना कोरोना सक्रमितको निधन भएपछि उनका आफन्तहरूले उपचारमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण गरेका थिए । शुक्रवार एक वक्तव्य जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि उक्त घटनाप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ । उसले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ आफ्नो पेसागत धर्म निभाउने वातावरण बनाइदिन अपील पनि गरेको छ ।
नेपाल सरकारले तोकेको उपचार निर्देशिकाअनुसार उपचार गरीरहेका भेरी अस्पताल, नेपालगन्जका स्वास्थ्यकर्मीहरूमाथि गए राति भएको दुुव्र्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी वक्तव्यमा भनिएको थियो । कोभिड–१९ भएका बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको घटनालाई लिएर नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरूले आन्दोलन थालेका थिए


