दिल्लीमा कोरोना औषधी भनी ठगी गर्ने ३५० भन्दा बढी व्यक्ति पक्राउ

दिल्लीमा कोरोना औषधी भनी ठगी गर्ने ३५० भन्दा बढी व्यक्ति पक्राउ तरुण खबर १७ जेष्ठ २०७८, सोमबार १०:५२
दिल्लीमा कोरोना औषधी भनी ठगी गर्ने ३५० भन्दा बढी व्यक्ति पक्राउ

काठमाडौं । भारतमा सन्दिग्ध ठगहरूले कोभिड–१९ का बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३ सय ५० जनाभन्दा बढी व्यक्ति पक्राउ गरिएको त्यहाँको प्रहरीले बताएको छ । ती घटना मानवताविरोधी अपराध सरह भएको एक भारतीय वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ ।  सयौँ घटनाको अनुसन्धान गरेपछि दिल्ली प्रहरीले ठगहरूले सामाजिक सञ्जालमार्फत् नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको पाएको थियो । प्रहरीका एक वरिष्ठ अधिकारीले यी अपराध अत्यन्तै तल्लो स्तरको र मानवताविरोधी अपराध भएको बताएका छन् ।