बेलायती प्रधानमन्त्रीको बारे बेलायती अखबारहरुले विवाहबारे के लेखे ?

बेलायती प्रधानमन्त्रीको बारे बेलायती अखबारहरुले विवाहबारे के लेखे ? तरुण खबर १७ जेष्ठ २०७८, सोमबार १०:५८
बेलायती प्रधानमन्त्रीको बारे बेलायती अखबारहरुले विवाहबारे के लेखे ?

ब्रिटिश प्रधानमन्त्री जोनसनले प्रेमीसँग विवाह गरे
काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमण्ड्ससँग वेस्टमिनस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गरेको समाचारहरू आएका छन् । बेलायतमा लगाइएका कोभिडका प्रतिबन्धका कारण उक्त समारोहमा ३० जना मात्र सहभागी थिए । पहिले नै कुरा छिनिसकिएको उनीहरू शनिवार निकट साथीहरू र परिवारको उपस्थितिमा विवाह भएको कयौँ पत्रपत्रिकाहरूले लेखेका छन् । तर प्रधानमन्त्री जोनसनको कार्यालयले भने यसबारे प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ ।

गत वर्ष फेब्रुअरीमा उनीहरूले आफूहरूको स्वयंवर भएको र साइमण्ड्स गर्भवती रहेको खुलाएका थिए । उनीहरूले छोरो विलफ्रिड गत एप्रिलमा जन्मिएका थिए । निर्वित्तिभरणसम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्की प्रथम मन्त्री अर्लिन फोस्टरले ट्वीट गर्दै उनीहरूको विवाहका लागि बधाई दिएका छन् । द मेल पत्रिकाले आइतवार लेखेको समाचारमा ३० अतिथिहरूलाई निकै छोटो समय दिएर निम्ता गरिएको जनाइएको छ ।

क्याथोलिक परम्परा अनुसार भएको विवाहको तयारीमा समेत गिर्जाघरका निकै कम कर्मचारीहरू सहभागी भएको उक्त पत्रिकाले जनाएको छ । त्यस्तै, द सन पत्रिकाले डाउनिङ स्ट्रीटका वरिष्ठ सहयोगीहरूलाई उक्त विवाहबारे थाहा नभएको जनाएको छ । उसले थप भनेको छ– ब्रिटिश समय अनुसार दिउँसोको साढे १ बजेपछि सर्वसाधारणहरूलाई वेस्टमिनस्टर गिर्जाघर छाड्न भनिएको थियो ।

त्यसको एक घण्टापछि ३३ वर्षीया साइमण्ड्स सेतो पहिरनमा प्रधानमन्त्रीसँग वैवाहिक प्रतिज्ञा साट्नका लागि एउटा विलासी कारमा गिर्जाघर पुगेकी थिइन् । शनिवार राति सङ्गीतकर्मीहरू नम्बर टेन भनिने प्रधानमन्त्रीको कार्यालय तथा सरकारी आवासबाट बाहिरिएको तस्बिरहरू खिचिएका छन् ।  सन् २०१९ को सुरुतिर सञ्चारमाध्यमहरूले साइमण्ड्स र जोनसनको प्रेम सम्बन्धबारे लेखेका थिए ।