काभ्रे, च्याम्राङबेशीका चार झरना र वागभैरवको मन्दिर–५

काभ्रे, च्याम्राङबेशीका चार झरना र वागभैरवको मन्दिर–५ तरुण खबर १७ जेष्ठ २०७८, सोमबार ११:१३
काभ्रे, च्याम्राङबेशीका चार झरना र वागभैरवको मन्दिर–५

मछिन्द्रकुमार लामा
अघिल्लो सोमबार मैले काभ्रे, बेथाञ्चोक गाउँपालिका–२ को ढुंखर्क क्षेत्रको धार्मिक आस्था मुक्तेश्वर महादेव, थानी महकाल र गुम्बाहरुका बारेमा संक्षिप्त चर्चा गरेको थिएँ । यस पटक पनि बेथाञ्चोक–१ को च्याम्राङबेशीको झरना (छहरा), मठ–मन्दिर र पर्यटकीय सम्भावनाका बारेमा चर्चा गर्नेछु ।

बेथाञ्चोक–१ च्याम्राङबेशी झरनाका लागि प्रसिद्ध छ । काभ्रे जिल्लाका झरना (छहरा) मा रोशी गाउँपालिका–२ को काफल डाँडाको तीनधारे झरना पनि प्रसिद्ध छ । तीनधारे झरनाको उचाइ ३ सय मिटर रहेको बताइन्छ । सबैभन्दा लामो झरना कलिकोटको पचाल झरनालाई मानिन्छ, जसको उचाइ ३८१ मिटर छ । तर गाउँपालिकाले नाम, नक्सासहित प्रमाण पेश गरेपनि सरकारले मान्यता दिन आनाकानी गरिरहेको छ । त्यस्तै, तेह्रथुमको ३६५ मिटर उचाइको ह्यातुङ झरना, ३ सय मिटर उचाइको म्याग्दीको रुप्से झरना, ३ सय मिटर उचाइकै म्याग्दीकै अर्को नारच्याङ झरना पनि नेपालका प्रसिद्ध झरना हुन् ।

ओझेलमा परेका च्याम्राङबेशीका चार वटा झरनाहरु आफ्नो  प्रसिद्धिबाट अलग रहेका छन् । तीन तले झरना, इन्द्रेणी झरना, रतन झरना र छ्याङछ्याङ झरना बेथाञ्चोक–१, च्याम्राङबेशीमा रहेका छन् । यी झरनाको उचाइ करीब तीन तले झरना १२५ मिटर, इन्द्रेणी झरना एक सय मिटर, रतन झरना ८० मिटर र छ्याङछ्याङ झरना दुई सय मिटर माथीबाट पानी झरेको छ । अलग–अलग विशेषता बोकेका झरनाको नाम विशेषताका आधारमा राखिएका छन् । तीन तह गरी पानी झरेकाले तीन तले झरना भनिएको छ भने इन्द्रेणीको रंग प्रष्टै देखिने भएकाले इन्द्रेणी झरना भनिएको हो । ८० मिटरको उचाइमा रहेको रतन खोलाको नामबाटै रतन झरना भनिएको हो ।

यस क्षेत्रको सबैभन्दा लामो झरना हो– छ्याङछ्याङ झरना । छ्याङछ्याङ खोलामा पाइएकाले ठाउँको नामबाटै छ्याङछ्याङ झरना राखिएको छ । छ्याङछ्याङ झरनाभन्दा माथिबाट खानीखोला गाउँपालिका–७ मिल्चेका लागि खानेपानी लगिएको हुँदा वर्षायाम मात्र हेर्न लायक भएको स्थानिय नेता नेत्रप्रसाद दाहाल बताउँनु हुन्छ । स्थानीय सरकारले भत्तासहित घुम्ने नीतिगत रूपमै प्रोत्साहन ग¥यो भने आन्तरिक पर्यटकहरुको संख्या बढ्छ । कोभिड–१९ संक्रमणपश्चात् धराशायी बन्न पुगेको पर्यटन उद्योग उकास्न केही नीतिगत निर्णय गर्न आबस्याक छ । बेथाञ्चोक–१ च्याम्राङबेशीमा सबै मौसम र उमेर समूहलाई हुने गरी घुमघामका लागि अनुकुल रहेको छ ।

धार्मिक, कृषि र पर्यटन क्षेत्रको विकासका लागि समस्याको पहिचान गरी नीतिगत रूपमा त्यसको सम्बोधन गर्न अति हतार भएको छ । संसारलाई आफ्नो  हत्केलामा हेरिरहेका युवा पुस्तालाई आप्mनो गाउँ विकासमा अगाडी बढेको हेर्न अति हतार भएको छ । नेपाल बनाउने भनेकै युवा पुस्ताले हो । उनीहरु हतारिनु भनेको नेपालले अबसर गुमाउनु हो । यसर्थ युवा पस्ताका लागि स्थानीय सरकारहरुले घुमघाम, कृषिमा नीतिगत निर्णय ल्याउनै पर्छ । यही सन्दर्भमा विगतमा हामीले लिएको उद्देश्य के थियो र त्यसलाई हासिल गर्न केकस्ता नीति अवलम्बन गरेका थियौं, तिनको समीक्षा गर्दै पर्यटनलाई सही दिशा दिन र यसबाट देशको आर्थिक समृद्धिमा बढीभन्दा बढी योगदान पु¥याउन के गर्न सकिन्छ; विगतमा पर्यटन नीति वा कार्यक्रम बनाउँदा हामी कहाँनेर चुक्यौं र यसको सुधारका लागि नयाँ अवधारणा के हुन सक्छ भन्नेबारे यहाँ चर्चा गर्न खोजिएको छ ।

आजभन्दा ४८ वर्ष पहिले च्याम्राङबेशीको जनसंख्या १ हजार ७७४ थियो, अहिले पनि उस्तै उस्तै जनसंख्या छ । अधिकांश मान्छे बसाई सराई गरी ढुंखर्क, पनौती, बनेपा र हुनेखानेहरु काठमाडौंमा बसोबास गर्न थालेका छन् । नेपाली काँग्रेका स्थानिय नेता नेत्र दाहालका अनुसार २०७२ सालको भूकम्पपछि बसाई सर्ने प्रबृत्ति ह्वत्तै बढेको हो । उहाँ भन्नु हुन्छ– यहाँका जनता कृषिमा निर्भर रहेका छन्, पशुपालन उनीहरुको मूख्य पेशा हो । पहिले पहिले पढाइलाई भन्दा पशुपालनामा जोड दिइन्थ्यो । अहिले त घरघरै बीए पास गर्नेहरु छन् । उनीहरु पनि अबसरको खोजीमा देश–विदेशका विभिन्न ठाउँ गएका छन् । २०२९ सालअघि नै च्याम्राङबेशीमा फलामे पाइपबाट पानी ल्याई तीन वटा कलधारा राखिएको थियो ।

त्यहाँ मुखिया प्रथा चल्दा गणेशबहादुर तिमल्सिना (केसी) को जिल्लाभर प्रभाव थियो । उहाँकै सक्रियतामा सार्वजनिक धारा राखिएको हो । २०१२ सालमा स्कूल स्थापनामा उहाँकै योगदान थियो भन्ने सुनेको थिएँ दाहालले भन्नु भयो । समुन्द्र सतहबाट २७ सय मिटरको हावापानीदेखि चितवनको अर्थात समुन्द्री सतहबाट ३०५ मिटर उचाइको हावापानी पाइन्छ । सुकुमबेशीमा तीन बाली हुन्छ भने लेकमा मुस्किलले दुई बाली मात्र हुन्छ । २००७ सालअघि नै एक योगीले चक्रेश्वर महदेवको मन्दिर स्थापना गरेका थिए, उनी त्यही कुटी बस्थे । कलांसिङको वागभैरवको मन्दिर र मुसी महाकाल मन्दिरलगायत मठ–मन्दिर छन् ।

यी सबै मठ मन्दिरमा तामाङहरु नै पूजारी रहेका छन् । भैरवका अनेकौं स्वरुपमध्ये च्याम्राङबेशीमा रहेको वागभैरवको महिमा अलग्गै छ । आफ्नो  मनोकांक्षा पुरा भएकोमा पूजाआजा गर्नेहरु र आकांक्षा राखी पूजा गर्नेहरुको भीड लाग्ने गरेको छ । वागभैरव रिसाउने डरले यहाँ शनिबार खनजोत नगर्ने अहिलेसम्म पनि प्रचलन छ । स्थानियहरु भैसी व्याउँदा दुध चढाउँन, कुनै पनि कुरा सबभन्दा पहिले वागभैवरलाई चढाएर मात्र आपूmले उपभोग गर्छन् । देवीको मन्दिरसँगै भैरवको मूर्ति राख्ने पनि चलन छ । यसो गर्दा देवी खुशी भएर आर्शिवाद दिदा वागभैरवले कार्यसिद्धि गर्छन् भन्ने जनविश्वास रहेको छ । भैरवलाई भगवान शिवको स्वरुप मानिन्छ ।

काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान पनि प्रसिद्ध छ । यसलाई काठमाडौँ भैरवस्थान भनेर चिनिन्छ । यस कालभैरवको मूर्ति मल्लकालिन काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन् गर्दा भेटेर काठमाडौंको वसन्तपुरमा ल्याइ स्थापना गरेका हुन् भनिन्छ । मल्लकालको उत्तरार्धसम्म पनि नेपालको न्यायालयको रूपमा प्रयोग गरिन्थ्यो । त्यसबेला यस मूर्तिको अघि आएर अपराधीलाई अपराध कबुलन लगाइन्थ्यो । यदि संदिग्धले झूटो जवाफ दिएमा निज यसै मूर्तिको अघि “रगत छादेर मृत्यु हुन्छ“ भन्ने जनविश्वास थियो ।

राणाकालीन वार्षिक पजनीमा पनि सरकारी कर्मचारीहरुले यहीँ सपथ लिने चलन थियो । काठमाडौंकै इन्द्रचोकमा आकाश भैरवको मन्दिर छ । दोस्रो तलामा स्थापित मूर्ति आकाशतिर फर्किएको छ । जो जसको नजर उसमाथि पर्छ, ऊ भष्म हुन्छ भन्ने विश्वास रहेकाले मूर्तिले आकाशतिर हेरिरहेको छ । ललितपुर जिल्लाको लगनखेल नजिकै बटुकभैरवको ठूलै मन्दिर छ । कसैसकैले यो मन्दिरलाई आनन्द भैरवको मन्दिर पनि भन्ने गरेका छन् । क्रमशः