अमेरिकामा संक्रमित र मृत्यु हुनेको दर घट्दै घट्दै गयो

अमेरिकामा संक्रमित र मृत्यु हुनेको दर घट्दै घट्दै गयो तरुण खबर १८ जेष्ठ २०७८, मंगलवार ११:१२
अमेरिकामा संक्रमित र मृत्यु हुनेको दर घट्दै घट्दै गयो

अमेरिकामा ३१, मेमा ४ लाख ३९ हजार बढीको परीक्षण, ५ हजार बढी संक्रमित
काठमाडौं । अमेरिकामा माघ ७ गते १८ लाख ४० हजार २४६ जनाको नमुना परीक्षण गर्दा १ लाख ८८ हजार ४२६ संक्रमित थपिएका थिए । नेपाली समय अनुसार हिजो सोमबार ४ लाख ३९ हजार २२८ जनाको परीक्षण गर्दा ५ हजार २३५ जना मात्र संक्रमित थपिएका छन् । यो तथ्यांक केलाउँदा अमेरिकामा संक्रमितको संख्यामा धेरै कमी आएको देखिन्छ ।

अमेरिकामा पछिल्लो २४ घण्टा (३१, मे) मा ४ लाख ३९ हजार २२८ जनाको नमुना परीक्षण गर्दा ५ हजार २३५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ३०, मेमा ५ लाख ७३ हजार ७५९ जनाको नमुना परीक्षण गर्दा ८ हजार १३५ कोरोना संक्रमित थपिएका थिए । त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टा (३१, मे) मा कोरोना संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ । ३०, मेमा कोरोनाभाइरसको संक्रमणबाट १३२ जनाको मृत्यु भएको थियो ।

जेठ १८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४१ लाख १३ हजार १४६ जना कोरोना भाइरसका कुल संक्रमित रहेका थिए । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ७८ लाख ६३ हजार ८४० जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ १८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५६ लाख ३९ हजार ५३९ जना छन् ।

नेपाली समय अनुसार जेठ १८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४७ करोड ९९ लाख ३० हजार १२३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १४ करोड ८४ लाख ८० हजार ८४२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १४ करोड ८४ लाख ८० हजार ८४२ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ १८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ९ हजार ७६७ जनाको मृत्यु भैसकेको छ । जेठ १८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड १४ लाख ५५ हजार ७२७ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ लाख ६४ हजार ७६४ जना छन् ।