डब्ल्यूएचओले भारतीय दवाव थेग्न सकेन्, भेरिन्टको नयाँ नाम दियो

डब्ल्यूएचओले भारतीय दवाव थेग्न सकेन्, भेरिन्टको नयाँ नाम दियो तरुण खबर १८ जेष्ठ २०७८, मंगलवार ११:१५
डब्ल्यूएचओले भारतीय दवाव थेग्न सकेन्, भेरिन्टको नयाँ नाम दियो

३१, मेमा भारतमा १६ लाख ८३ हजार बढीको परीक्षण, १ लाख २६ हजार बढी संक्रमित
काठमाडौं । जहाँ कोभिड–१९ विरुद्ध भेरिअन्ट पहिले पत्ता लाग्यो, त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थान विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको छ । जसअनुसार आइन्दा यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ । विश्व स्वास्थ्य सङ्गठनकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै “भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न“ भनेकी छन् ।

भारतमा देखिएको भेरियन्टलाई भारतीय भेरियन्ट नाम दिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई व्यापक दवावमा परेको थियो । किन भने डब्ल्यूएचओले नाम दिएकोप्रति भारत सरकारले कडा आपत्ति जनाउँदै विज्ञप्ति नै प्रकाशित गरेको थियो । भारतीय दवाव थेग्न नसकेपछि डब्ल्यूएचओले देश अनुसार भेरियन्टको नाम दिएको छ । भारतमा पाइएको कोरोना भाइरस वी.१.६१७.२ भेरियन्टलाई डेल्टा नाम दिएको छ भने २०२० सेप्टेम्बरमा बेलायतमा पाइएको भेरियन्ट बी.१.१.७ लाई अल्फा नाम दिएको छ । त्यस्तै, अफ्रिकामा पाइएको भेरियन्ट बी.१.३५१ लाई बीटा नाम दिएको छ ।

त्यसै गरी २०२० अघि दक्षिण अफ्रिकामै पाइएको पी.१ भेरियन्टलाई गामा नाम दिएको छ । गत मार्च, २०२० मा अमेरिकामा देखिएको भेरियन्ट बी.१.४२७ र बी.१.४२९ लाई एपल्सिन, ब्राजिलमा देखिएको भेरियन्ट पी.२ लाई जीटा, फिलिपिन्समा देखिएको कोरोना भाइरस पी.३ लाई थीटा र अमेरिकामा नोभेम्बर (२०२०) मा देखिएको भेरियन्ट बी.१.५२६ लाई डब्ल्यूएचओले लोटा नाम दिएको छ । त्यसै गरी भारतमा २१ दिनमा सक्रिय कोरोना संक्रमितको संख्या १८ लाखभन्दा कम भएको छ । मंगलबार बिहानसम्ममा सक्रिय संक्रमितको संख्या १९ लाख २ हजार २४२ छ ।

वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३१, मे) मा १६ लाख ८३ हजार १३५ जनाको नमुना परीक्षण गर्दा १ लाख २६ हजा। ६९८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ३०, मेमा २० लाख ६३ हजार ८६३ जनाको नमुना परीक्षण गर्दा १ लाख ५३ हजार ४८५ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (३१, मे) मा कोरोना संक्रमणबाट २ हजार ७८२ जनाको निधन भएको छ । ३०, मेमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार १२९ जनाको मृत्यु भएको थियो ।

नेपाली समय अनुसार जेठ १८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८१ लाख ७३ हजार ६५५ जना छन् । भारतमा २ करोड ५९ लाख ३९ हजार ५०४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २ हजार २४२ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ १८ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ३१ हजार ९०९ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।