चीनले दुई सन्तान नीति खारेज गर्दै तीन सन्तान नीति ल्यायो

चीनले दुई सन्तान नीति खारेज गर्दै तीन सन्तान नीति ल्यायो तरुण खबर १८ जेष्ठ २०७८, मंगलवार ११:२०
चीनले दुई सन्तान नीति खारेज गर्दै तीन सन्तान नीति ल्यायो

काठमाडौं । चीनले तीन जनासम्म सन्तानलाई मान्यता दिने भएको छ । चीनले सोमबार यो घोषणा गर्दै प्रत्येक माता–पिताले तीन बच्चे जन्माउने र पालनपोषण गर्ने प्राबधानलाई मान्यता दिएको हो । चीनमा बच्चाको जन्म दर घट्दै गएको सन्दर्भमा राष्ट्रपति सी जिनपिङको अध्यक्षता बसेका पोलिट ब्यूरो बैठकले यो निर्णय लिएको हो । चीनको आधिकारीक सरकारी संस्था सिन्ह्वाका अनुसार चीनमा २०१६ मा एक बच्चको नीति खारेज गरेको थियो ।  त्यपछि आएको दुई बच्चको नीतिले पनि चीनमा जन्म दर बढाउँन सकेन ।

बच्चा जन्माउनभन्दा हुर्काउन, शिक्षा दिक्षा दिन महंगो पर्ने भएको हुनाले जन्म दर बढ्न नसकेको हो विज्ञहरुले बताएका छन् । १९५० यताकै २०२० जन्म दरमा मन्दी आएको हो । औषतमा जन्म दर १.३ प्रतिशत देखिएको छ । चीनको जनसंख्या १ अर्ब ४१ करोड २० लाख छ । २०१९ को तुलनामा ०.५३ प्रतिशत जन्म दर बढेको थियो । चीन सरकारद्वारा हालै गरिएको राष्ट्रिय जनगणनाको तथ्यांकका अनुसार ३१ वटा प्रान्त, स्वायत्त क्षेत्र र नगरपालिकाहरुमा चीनको जनसंख्या १ अर्ब ४१ करोड १७ लाख ८० हजार छ, जुन २०१० को तथ्यांक अनुसार ५.८ प्रतिशतले बृद्धी हो अर्थात ७.२ करोड बढी हो ।