नेपाली काँग्रेसले स्वास्थ्य उपकरण सहजीकरण अभियान बनायो

नेपाली काँग्रेसले स्वास्थ्य उपकरण सहजीकरण अभियान बनायो तरुण खबर १९ जेष्ठ २०७८, बुधबार ११:०५
नेपाली काँग्रेसले स्वास्थ्य उपकरण सहजीकरण अभियान बनायो

काठमाडौं । नेपाली काँग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ गठन गरेको छ । त्यस क्रममा विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समुह निर्माण गरेर निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरिएको हो ।

ई. हरिराम दवाडी संयोजक रहेको अभियानमा ई. अमितकुमार चौधरी, ई. मुकुन्द खतिवडा, ई. सुशील तिमिल्सिना, ई. पंकज कुमार झा, ई. ताचल निरौला, ई. आस्था न्यौपाने, ई. मणिराज पनेरु, ई. नितु श्रेष्ठ, ई. सुरज शर्मा, ई. प्रज्वल वाग्ले, ई. उत्तम श्रेष्ठ, ई. मिहिर खकुरेल, ई. दिपेश चौधरी, र ई. सुबोध अधिकारी सदश्य रहेका छन् ।

अभियानले प्रदेश स्तरी समिति पनि बनाएको छ । ई. हरिकुमार देवको संयोजकत्वमा ई. प्रदिपराज साह सदश्य रहने गरी प्रदेश १ मा समिति बनाइएको छ । त्यस्तै, प्रदेश २ मा मनोजकुमार दास संयोजक रहने गरी ई सन्तोषकुमार साह र ई. जुनाद इकबाल सदश्य बनाइएको छ । वागमती प्रदेशमा ई. शिवलाल चालिसेको संयोजकत्वमा ई. रविरमण अधिकारी सदश्य रहेका छन् भने गण्डकी प्रदेशमा ई. सुरेन्द्र पाण्डे संयोजक रहने गरी ई. रबिन्द्र बास्ताकोटी समिति बनाइएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा ई. अनुप चौधरी संयोजक रहने गरी ई. शरद भन्डारी एक समिति बनाइएको छ । कर्णाली प्रदेशमा ई. हरि केसी संयोजक रहेका छन् भने ई. सन्देश क्षेत्री सदश्य रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ई. अरुणकुमार जोशी संयोजक रहेका छन् भने ई. जय साउद सदश्य छन् ।