अमेरिकामा फेरी संक्रमितको संख्या र मृत्यु दर पनि बढ्यो

अमेरिकामा फेरी संक्रमितको संख्या र मृत्यु दर पनि बढ्यो तरुण खबर २० जेष्ठ २०७८, बिहीबार ११:१३
अमेरिकामा फेरी संक्रमितको संख्या र मृत्यु दर पनि बढ्यो

अमेरिकामा २, जूनमा ६ लाख ५९ हजार बढीको परीक्षण, १६ हजार ९७४ बढी संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२, जुन) मा ६ लाख ५९ हजार २०७ जनाको नमुना परीक्षण गर्दा १६ हजार ९७४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १, जुनमा १० लाख १८ हजार ६६३ जनाको नमुना परीक्षण गर्दा १२ हजार ७५७ जना कोरोनाभाइरस संक्रमित थपिएका थिए । त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टा (२, जुन) मा कोरोना संक्रमणबाट ५१४ जनाको मृत्यु भएको छ । १, जुनमा कोरोनाभाइरस संक्रमणबाट ३ सय जनाको मृत्यु भएको थियो ।

जेठ २० गते बिहीबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४१ लाख ५४ हजार ३०५ जना कोरोना भाइरसका कुल संक्रमित रहेका थिए । कुल संक्रमितमध्ये बुधबार बिहान ७.३० बजेसम्ममा २ करोड ७९ लाख ८६ हजार ५११ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ २० गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५५ लाख ५६ हजार ७७४ जना छन् ।

नेपाली समय अनुसार जेठ २० गते बिहीबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४८ करोड १६ लाख ७ हजार ९९३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १५ करोड १ लाख ५८ हजार ७१२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १५ करोड १ लाख ५८ हजार ७१२ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।

अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ २० गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख ११ हजार २० जनाको मृत्यु भैसकेको छ । जेठ २० गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड २४ लाख ६ हजार ३७ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ लाख ८६ हजार ४२३ जना छन् ।