पाकिस्तानमा हिन्दु व्यापारीको हतियारधारीद्वारा हत्या

पाकिस्तानमा हिन्दु व्यापारीको हतियारधारीद्वारा हत्या तरुण खबर २० जेष्ठ २०७८, बिहीबार ११:२५
पाकिस्तानमा हिन्दु व्यापारीको हतियारधारीद्वारा हत्या

काठमाडैं । पाकिस्तानमा हिन्दु व्यापारीको हत्याको विरोधमा कराची प्रदर्शन भएको छ । प्रदर्शनका कारण कराची घण्टौं घण्ट सडक जाम भएको थियो । द एक्सप्रेस ट्रिब्यूनका रिपोर्टका अनुसार गत सोमबार हिन्दु व्यपारीको हत्या भएको थियो । पाकिस्तानी प्रहरीका अनुसार मोटरसाइकलमा आएका हतियारधारीले गोली हान्दा उनी पसलमा बसिरहेका थिए ।

गोली लाग्ने वित्तिकै हतियारधारीहरु बेपत्ता भएका थिए । घाइते हिन्दु व्यापारीलाई सरकारी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । उनको हत्याको खबर फैलिएपछि  आ–आफ्नो पसल बन्द गरेका थिए । उनहरु सडकमा निश्किएर राष्ट्रिय राजमार्ग जाम गराएका थिए । बलूचिस्तान नेशनल पार्टी (बीएनपी–मंगल) का रक्षक व्यापारिले स्थानीय प्रशासन विरुद्ध नारा लगाएका थिए ।