तरुण खबर
२१ जेष्ठ २०७८, शुक्रबार ११:०५
३, जूनमा भारतमा १ लाख ३१ हजार ३७१ जनाभन्दा बढी संक्रमित
काठमाडौं । भारत, क्यानडा, म्याक्सिको लगायत केही देशमा अमेरिकाले कोरोना विरुद्धको ६० लाख खोप उपलब्ध गराउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी उपराष्ट्रपति कमला हैरिशसँग हिजो बिहीबार टेलिफोनमा कुरा गर्दा उक्त कुरा जानकारी गराएकी हुन् । उपराष्ट्रपति कमला हैरिशको आमाको माइती घर भारतमै हो । प्रधानमन्त्री मोदीले कुराकानी भने– म ग्लोबल भ्याक्सिन सहयोगका लागि अमेरिकी रणनीति र सहयोगको निम्ति धन्यवाद दिन चाहन्छ भनेको थिए ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हैदराबादको एक कम्पनी बायोलोजिकल–ईद्वारा उत्पादित कोरोनाभाइरस विरुद्धको भ्याक्सिन ३० करोड खरिद गर्ने भएको छ । खोप भने आगामी साउनदेखि मात्र आपूर्ति हुने छ । स्वदेशी औषधी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको उद्योगले तेस्रो चरणको परीक्षण हालै सकेको छ । उक्त उद्योगलाई १५ सय करोड भुक्तनी दिएको हिन्दूस्तान टाइम्सले लेखेको छ ।
वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (३, जुन) मा १८ लाख ६२ हजार ६५९ जनाको नमुना परीक्षण गर्दा १ लाख ३१ हजार ३७१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । २, जुनमा १ लाख ३४ हजार १०५ जना कोरोनाभाइरस संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (३, जुन) मा कोरोना भाइरस संक्रमणबाट २ हजार ७०६ जनाको निधन भएको छ । २, जुनमा कोरोनाभाइरस संक्रमणबाट २ हजार ८९९ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार जेठ २१ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८५ लाख ७२ हजार ३५९ जना छन् । भारतमा २ करोड ६५ लाख ८८ हजार ८०८ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ४२ हजार ८३२ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ २१ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ४० हजार ७१९ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।


