तरुण खबर
२१ जेष्ठ २०७८, शुक्रबार ११:१८
काठमाडौं । जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजना बमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ । अमेरिकाले संसारभरी उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड–१९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरी खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेको बीबीसी न्यूजले लेखेको छ । त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिइने उनले बताए ।
विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो । काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ । अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने बताएका छन् । उक्त घोषणालगत्तै नेपालका प्रधानमन्त्री केपी ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन्।
उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले खोप वितरण योजनाको मापण्ड खुलाएका छन् । यी मापदण्डहरूमा विश्वव्यापी खोप वितरणको लक्ष्य हासिल गर्ने विषय, अति धेरै सङ्क्रमण फैलिएका तथा आपत्कालीन जनस्वास्थ्य आवश्यकता सम्बोधन गर्ने विषय तथा खोप सहयोगको निम्ति अनुरोध गरेका धेरैभन्दा धेरै मुलुकलाई सहयोग गर्ने विषय रहेका छन्– सुलिभानले भने ।
हामीले यीमध्ये कम्तीमा ७५ प्रतिशत खोप कोभ्याक्समार्फत् बाँड्ने निर्णय ग-यौँ । यसबाट सबै देशलाई उचित तरिकाले बाँड्न सकिन्छ । तथा सबभन्दा बढी जोखिममा भएकाहरूलाई सहयोग गर्न सहजीकरण हुन्छ । अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने बताएका छन् । उक्त घोषणालगत्तै नेपालका प्रधानमन्त्री केपी ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन् । उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले खोप वितरण योजनाको मापण्ड खुलाएका छन् । यी मापदण्डहरूमा विश्वव्यापी खोप वितरणको लक्ष्य हासिल गर्ने विषय, अति धेरै सङ्क्रमण फैलिएका तथा आपत्कालीन जनस्वास्थ्य आवश्यकता सम्बोधन गर्ने विषय तथा खोप सहयोगको निम्ति अनुरोध गरेका धेरैभन्दा धेरै मुलुकलाई सहयोग गर्ने विषय रहेका छन्– सुलिभानले भने । हामीले यीमध्ये कम्तीमा ७५ प्रतिशत खोप कोभ्याक्समार्फत् बाँड्ने निर्णय ग-यौँ। यसबाट सबै देशलाई उचित तरिकाले बाँड्न सकिन्छ । तथा सबभन्दा बढी जोखिममा भएकाहरूलाई सहयोग गर्न सहजीकरण हुन्छ ।


