तरुण खबर
२१ जेष्ठ २०७८, शुक्रबार ११:२२
नेपालमा पाइएको भेरिअन्ट कुन हो ?
काठमाडौं । बेलायतबाट प्रकाशित डेली मेल पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु भएको थियो । कतिपयले ’सनसनीपूर्ण’ समाचार बनाइएको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको चर्को आलोचना भएको छ । नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट “ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने“ सामाचारमा दाबी गरिएको छ । नेपालबाट सुरु भएको ठानिएको नयाँ प्रकारको भेरिअन्ट युरोपमा पनि फैलिसकेको र तिनमा कोभिड–१९ को खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशंका रहेको समाचारमा लेखिएको थियो ।
तर नेपालको स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको ‘नेपाली प्रजाति’ बेलायतसहितका युरोपेली मुलुकमा फैलिएको भन्ने समाचारको खण्डन गर्दै पत्र लेखेको छ । बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित गरेपछि मन्त्रालयले बेलायतको स्वास्थ्य नियामक निकाय (आइएचआर)लाई पत्र लेखेको हो । डेलीमेल बिहीबारको अंकमा नेपालको भेरिएन्टको कारण बिदा प्रभावित भएको समाचार प्रकाशित गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियअन्ट फेला परेको कुराबारे विश्व स्वास्थ्य सङ्गठन “अवगत नभएको“ जानकारी दिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको छ । नेपालमा दोस्रो लहरका क्रममा उच्च संक्रमण दर देखिनुको कारण डेल्टा भेरिअन्ट नै रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन् । नेपालमा रहेका भेरिअन्टहरूमा अल्फा.बी.१.१.७, डेल्टा बी.१.६१७.२ र कप्पा.बी.१.६१७.१ भएको बताइउको छ । र, यी तीमध्ये नेपालमा अहिले सक्रिय रहेको भेरिअन्ट डेल्टा–बी.१.६१७.२ भएको विश्व स्वास्थ्य संगठन जानकारी दिएको छ । भाइरसविज्ञ डा. लुना भट्ट शर्माले कुनै पनि देशमा नयाँ भेरिअन्ट देखिएको दाबी गर्नुअघि पर्याप्त वैज्ञानिक आधार हुनुपर्ने बताएकी छन् ।
नयाँ भेरिअन्ट छ भन्नलाई त आधिकारिक स्रोतमार्फत् जानुपर्ने हुन्छ । त्यसका लागि जीन सीक्वन्सिङ हुनुप¥यो र त्यसको नतिजा आउनुप¥यो उनले बीबीसीसँग भनेकी छन् । संक्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता डा. बुद्ध बस्न्यातले डेली मेल पत्रिकामा नेपालसँग जोडिएको दाबी प्रमाणमा आधारित नभएको बताएका छन् । नेपालले भारतस्थित प्रयोगशालामा गराएको जीन सीक्वन्सिङको पछिल्लो नतिजा जेठ ४ गते सार्वजनिक भएको थियो । त्यसैबाट भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । भाइरसविज्ञ डा. शर्माका अनुसार भेरिअन्ट भन्दैमा सबै भेरिअन्ट खतरनाक हुन्छन् भन्ने हुँदैन ।
त्यसबाट भाइरसबारे थाहा पाउँदा हामीलाई त फाइदा हुन्छ, हुन्छ विश्वव्यापी पनि फाइदा नै हुन्छ, डा. शर्माले भनेकी छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार जीन सीक्वन्सिङका लागि २४८ वटा नमुना सङ्कलन गरिसकिएको छ । जीन सीक्वन्सिङको नियमित प्रक्रियाअन्तर्गत नै हामीले २४८ वटा नमुना प्रयोगशालामा पठाउने तयारी गरेका छौँ । कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ ? यद्यपि नेपालजस्तो सानो मुलुकमा सङ्क्रमण र मृत्युदर उच्च देखिएको पृष्ठभूमिमा नेपालले जीन सीक्वन्सिङ गरिराख्नुपर्ने उनको सुझाव छ । “बेलाबेला जिन सीक्वन्सिङ गरिराख्दा कम वा बढी म्यूटेशन भएको कुरा थाहा हुन्छ ।


