तरुण खबर
२२ जेष्ठ २०७८, शनिबार ११:२२
अमेरिकामा ४, जूनमा ९ लाख ६४ हजार बढीको परीक्षण, १६ हजार ९२५ बढी संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (४, जुन) मा ९ लाख ६४ हजार ५०९ जनाको नमुना परीक्षण गर्दा १६ हजार ९२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ३, जुनमा ७ लाख ९१ हजार ८३१ जनाको नमुना परीक्षण गर्दा १७ हजार ९८७ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टा (४, जुन) मा कोरोना भाइरस संक्रमणबाट ५२० जनाको मृत्यु भएको छ । ३, जुनमा कोरोना संक्रमणबाट ६०६ जनाको मृत्यु भएको थियो ।
जेठ २२ गते शनिबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४१ लाख ९२ हजार २३ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ८० लाख ५४ हजार ९९५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ २२ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५५ लाख २४ हजार ७८८ जना छन् ।
नेपाली समय अनुसार जेठ २२ गते शनिबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४८ करोड ३३ लाख ६४ हजार ३३३ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १५ करोड १९ लाख १५ हजार ५२ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १५ करोड १९ लाख १५ हजार ५२ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।
अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ २२ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १२ हजार २४० जनाको मृत्यु भैसकेको छ । जेठ २२ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड ३३ लाख ११ हजार ७७० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ लाख २७ हजार १७७ जना छन् ।


