तरुण खबर
२२ जेष्ठ २०७८, शनिबार ११:४१
४, जूनमा भारतमा १ लाख २१ हजार ४५७ जनाभन्दा बढी संक्रमित
काठमाडौं । १ अर्ब ३९ करोड २५ लाख ३१ हजारभन्दा बढी जनसंख्या भएको भारतले १७ करोड २० लाख जनालाई एक डोज खेप लागाएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । जबकि ३३ करोड १४ लाख ४९ हजार २८१ जनसंख्या भएको अमेरिकाले १६ करोड ९० लाख डोज खोप लगाएको छ । भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान चलिरहेको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर चलिरहदा लाखौं संक्रमित दैनिक थपिएका थिए ।
त्यसैले भारतको केन्द्र सरकारले सिरम इष्स्टिच्यूट अफ इण्डियाले रूसले उत्पादन गरेको स्पूतनिक–वी खोप बनाउने सहमती दिएको हो । हिन्दुस्तान टाइम्सका अनुसार, ड्रग कन्ट्रोल जनरल अफ इण्डिया (डीसीजीआई) ले सीरमलाई परीक्षण र विश्लेषणसहितको स्पूतनिक–वी उत्पानको अनुमति दिएको हो । यसअघि नै पुणेस्थित कोविशील्ड खोप बनाउने कम्पनी सीरम इष्टिच्यूट अफ इण्डियाले भारतमै कोविड–१९ स्पूतनिक–वी उत्पादनका लागि भारतीय औषधि महानियन्त्रक (डीसीजीआई) मा आवेदन दिएको थियो ।
कम्पनीले यो वर्षको अन्तसम्ममा ८५ करोड डोज स्पूतनिक–वी उत्पादन गर्ने लक्ष्य राखेकोछ । शुरुको महिनामा केही लाख खोप उत्पादन गरिने कम्पनीले जानकारी गराएको छ । वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (४, जुन) मा १ लाख २१ हजार ४५७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ३, जुनमा १८ लाख ६२ हजार ६५९ जनाको नमुना परीक्षण गर्दा १ लाख ३१ हजार ३७१ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (४, जुन) मा कोरोनाभाइरस संक्रमणबाट ३ हजार ३८२ जनाको निधन भएको छ ।
३, जुनमा कोरोना भाइरस संक्रमणबाट २ हजार ७०६ जनाको निधन भएको थियो । नेपाली समय अनुसार जेठ २२ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८६ लाख ९३ हजार ८१६ जना छन् । भारतमा २ करोड ६७ लाख ८७ हजार १०३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख ६२ हजार ५८५ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ २२ गते शनिबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ४४ हजार १०१ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।


