गणेशथानको नामाकरण र गुम्बाहरुसँग जोडिएका बुद्ध दर्शन–६

गणेशथानको नामाकरण र गुम्बाहरुसँग जोडिएका बुद्ध दर्शन–६ तरुण खबर २२ जेष्ठ २०७८, शनिबार ११:५०
गणेशथानको नामाकरण र गुम्बाहरुसँग जोडिएका बुद्ध दर्शन–६

मछिन्द्रकुमार लामा
गत सोमबार मैले बेथाञ्चोक–१, च्याम्राङबेशीका झरना, २००७ साल अगाडी नै बनेको चक्रेश्वर महादेव र वागभैरव मन्दिरलगायका बारेमा चर्चा गरेको थिएँ । च्याम्राङबेशीका सर्वसाधारण, बुद्धिजीवी र शिक्षकहरुले पढ्नु भयो, प्रतिक्रिया पनि दिनु भयो । उहाँहरुले दिएको प्रतिक्रियाले म अत्यान्तै उत्साहित पनि भएको छु, कलम चलाउन प्रेरित पनि भएको छु । च्याम्राङबेशीबाट मकवानपुरको फापरबारी पुग्न जम्मा ३७ किलोमिट मात्र छ । पनौती–ढुंखर्क १३ किलोमिट सडक मार्ग छ भने ढुंखर्क–च्याम्राङबेशी १२ किलोमिट दूरीमा सजिलै पुग्न सकिन्छ । पनौतीबाट नियमित गाडी चल्ने च्याम्राङबेशी पुग्न पनौतीबाट करीब दुई घण्ट पुग्न सकिन्छ ।

आज भने म, यस पटक फेरी पनि बेथाञ्चोक–४ चलालगणेशथानकै सन्दर्भमा चर्चा गर्ने छु । चलालगणेशथानको नामाकरण कसरी भयो भन्ने सन्दर्भमा अनेकौं किम्बदन्तिहरु छन् । त्यसमध्ये एउटा किम्बदन्ती रोचक भएकाले यो लेखको शुरुमै राखेको छु । अहिले जहाँ गणेशको पूजाआजा गरिन्छ, त्यस ठाउँमा कुनै समय गाईहरु आपैंm दूध चढाउन आउने गर्थे रे । किम्वदन्ती अनुसार दैनिक रुपमा गाईले दूध चढाउन आउने गरेकाले पक्कै पनि यहाँ गणेशथान हुनुपर्छ भनी अनुमान गरी गणेशको मन्दिर बनाइएकोले यो ठाउँको नाम नै गणेशथान रहन गएको महत वंशावलीमा उल्लेख छ ।

(स्रोत ः बेथाञ्चोक–२ द्वारा २०७६ साल असारमा प्रकाशित बेथाञ्चोक) एक जनश्रुति अनुसार परापूर्वकालमा यहाँ ठूलै जंगल थियो रे । यस क्षेत्रमा धेरै मृगहरु पाइने भएकाले मृगहरु गणेशथान वरिपरि चर्न आउने गरेका थिए । नजिकै रहेको खोपासीमा नेवारहरुसहितको बस्ती थियो । उनीहरुले घुम्न आउँदा देखेकाले चलाँ.. चलाँ… भनेकाले त्यो शब्द अपभ्रम्श भई चलाल गणेशथान भएको हो भन्ने गरिन्छ । चलाँ भनेको नेवारी भाषामा मृग हो । वडा नम्बर ४ का अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार चलाल गणेशथानमा सबैभन्दा बढी अर्थात ६७.३९ प्रतिशत तामाङहरुको बस्ती छ ।

त्यपछि नेवारहरुको १५.५५ प्रतिशत बसोबास छ । क्षेत्री ९.९१ प्रतिशत, बाहुन ३.९३ प्रतिशत छन् भने दलितको जनसंख्या २.२२ प्रतिशत छ भने मगरको संख्या १ प्रतिशत मात्र छ । काभ्रेको बनेपाबाट करीब २० किलोमिट पार गरेपछि पुगिने चलाल गणशथान समुन्द्री सहतबाट १६ सयदेखि १८ सय मिटर उचाइमा रहेको छ । २०२८ सालको जनगणना अनुसार चलाल गणेशथानको जनसंख्या ३ हजार ५९ मात्र थियो भने २०६८ सालको जनसंख्या अनुसार ३ हजार ९७३ छ ।  २०७८ सालको तथ्यांक नआएकाले यो १० वर्षको बीचमा कति जनसंख्या बढ्यो अनुमान गर्न पनि सकिएको छैन ।

चलाल गणेशथानमा शैलेन्द्र खोलाको नाम अपभ्रंश भई सलान्दु खोला भएको छ । तिलेश्वर महादेवको मन्दिरबार शुरुकै लेखमा मैले विस्तृतमा लेखेको थिएँ । अन्य धार्मिक मठ मन्दिरहरुमा देवीस्थानको कालीदेवीथान, पट्गाउँवेशीको नासुरी महाकाल, तिप्चोकको मनकामना मन्दिर, चलाल गणेशथान, डाँडागाउँको पार्वतेश्वर महादेव, पार्थलीमा रहेको बुढा महाकाल, अमिलचौरमा रहेको फुलचोकि मन्दिर आदि आदि रहेका छन् ।
सिद्धार्थ गौतम बुद्ध जोडिएका गुम्बा
त्यस्तै, देवीथानमा रहेको स्याङदो पाल्कि छ्योइलिङ गुम्बा, तिप्चोकमा रहेको टासी गुम्बा, पट्गाउँ डाँडामा रहेको रियो पाल्देन छ्योइलिङ गुम्बा र दुई तीन ठाउँमा छर्तेन बनेका छन् । गुम्बा भन्ने वित्तिकै हामी बुद्ध भगवानको पूजाआजा गर्ने र बौद्ध शिक्षा दिने ठाउँ सम्झन्छौं । खास गरी हिमाली क्षेत्रमा बुद्ध भगवानलाई पूज्ने प्रसिद्ध प्रचलन छदैछ, अझै पद्मसम्भव अर्थात गुरु रिम्पोछेलाई पूज्ने प्रचलन पनि छ । सिद्धर्थ गौतम बुद्धको जन्म ई.पू. ५६३ मा लुम्बिनी भएको थियो । बुद्धको महाप्रश्थान ८० वर्ष उमेरमा भएको थियो । बुद्ध धर्मका प्रबद्र्धकका अग्रज कष्यप बुद्ध थिए । बुद्धले भारत र नेपालका विभिन्न ठाउँमा कष्टदायक तपष्या गरेका थिए ।

अन्ततः कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्ग बाटो अबलम्बन गरेका थिए । बुद्धले भारतको बोधगया भन्ने ठाउँमा पिपलको वृक्ष मुनी अधिष्ठानपूर्वक ध्यान गर्दा उनलाई सम्यकसम्बोधाधि प्राप्त भएको हो । त्यसपछि उनले सम्यक सम्बुद्ध प्रसिद्धि पाएका थिए । त्यसपछि ४५ वर्षसम्म बुद्धले नेपाल र भारतका विभिन्न ठाउँमा पुगि दुःख निवारण सम्बन्धी आफूले प्राप्त गरेको महाज्ञान बाढ्न थालेको बताइन्छ । अहिले त उनलाई एशियाको तारा भनिन्छ, ।
गुरु रिम्पोछे अर्थात पद्मसम्भव
आठौँ शताब्दितिर हालको पाकिस्तानमा (स्वात क्षेत्र) कमलको फूलमा एक बालक भेटिएका थिए । तेजिलो आभाले घेरिएका ती बालक कालन्तरमा गएर दोस्रो बुद्धको रुपमा संसार प्रसिद्ध भए । बौद्ध दर्शनमा गुरुलाई रिन्पोछे भनिन्छ । अनि पद्सम्भवलाई जुरेको थियो त्यो पद्वी, गुरु रिम्पोछे भन्ने वित्तिकै पद्मसम्भवालाई मात्र चिनिन्छ । बौद्ध धर्म र संस्किृतिमा विश्वास राख्ने समस्त गुरुहरुका गुरु हुन् पद्मसम्भव । सानैदेखि भित्री ज्ञानको खोजीमा भौतारिएका पद्मसम्भव स्वात– पद्मसम्भवको जन्मस्थानका बारेमा केही विवाद छ, केहीले उनी भारतमा जन्मेको दाबी गर्छन् गरेका छन् ।

गरु रिम्पोछेले जन्मु कश्मिर हिमाञ्चल प्रदेश पञ्जाव, बिहार अरुणाञ्चल भुटान, सिक्किम हुँदै नेपालका विभिन्न स्थानमा साधना गरेका थिए । कुनै समयसम्म बोन धर्माबलम्बीसँग बसोबास गर्दै बोनको सबै ज्ञानहरु हाँसील गरे पछि गुरु पद्म संम्भवले छल र कपटबाट बोनहरुका ती सारा बाधकहरु र ज्ञानबाट दमन गर्न सफल हुनु भएको थियो । जब सफल भए पछि बौद्ध धर्म प्रचार प्रसार गर्न तथा सुगम बनाई गुरु रिन्पोछेलाई सुम्पिएको हुनाले हिमाली क्षेत्रका बौद्ध धर्मालम्बिहरुले पद्म संम्भवलाई दोस्रे दर्जाको बुद्धको रुपमा पुज्ने गरेका छन् । बौद्ध धर्मका महायान र बज्रयान सम्पन साथै तिब्बतीमा बौद्ध धर्मको तिब्र रुपमा बौद्ध धर्म र गोन्बो कार्या सम्मान भएको बताइन्छ ।

६ करोड ९९ लाख ६० हजार ५७७ जनसंख्या रहेको थाइल्यान्डमा झन्डै ९३ प्रतिशत जनता बुद्धधर्म मान्दछन् । नेपाल, भारत, कम्बोडिया, श्रीलंका, लावस, भुटान, म्यानमार र कोरियासहित धेरै मुलुकमा बौद्ध धर्मावलम्बीहरूको राम्रो उपस्थिति छ । बुद्ध धर्म मान्ने मुलुकहरुमा क्याम्बोडियामा ९६ प्रतिशत, थाइल्याण्डमा ९३ प्रतिशत, म्यानमारमा ८० प्रतिशत, भुटानमा ७४ प्रतिशत, श्रीलंकामा ६९ प्रतिशत, लाओसमा ६६ प्रतिशत बौद्धहरु छन् । अरु त के, साँस्कृतिक क्रान्तिको नाममा बुद्धधर्मलाई तहसनहस गरिएको चीनमा समेत अहिले १८ प्रतिशतले बुद्ध धर्म मानिराखेको अवस्था छ ।

केही देशले त आफूहरुलाई बुद्धधर्म मान्ने मुलुकका रुपमा घोषणा नै गरेका छन् । मुस्लिम मुलुक पाकिस्तानमा बौद्ध धर्म मान्नेहरु अत्यान्तै कम छन् । पाकिस्तानको स्तूपलाई सन् १९३० को दशकमा ब्रिटिश पुरातत्वविद् सर जोन मार्शलले पत्ता लगाएका थिए । युनेस्कोको सम्पदा सूचीमा परेको यो ऐतिहासिक स्थलका केही अवशेष तक्षशिला सङ्ग्रहालयमा पनि हेर्न सकिन्छ । यहाँ पुगेर दर्जनौँ भ-याङ्गहरू उक्लेपछि हामीले क्रस आकारको स्तूप हेर्न सकिन्छ, जहाँ अध्ययन भ्रमणका क्रममा हजारा विश्वविद्यालयका विद्यार्थीहरू प्रायः गइरहन्छन् ।