तरुण खबर
२५ जेष्ठ २०७८, मंगलवार ११:३४
७,जूनमा भारतमा ८७ हजार ३४४ जनाभन्दा बढी संक्रमित
काठमाडौं । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले केही राज्यमा म्यूकरमाइकोशिस अर्थात ब्लाक फङ्ग देखापरेको बताएका छन् । अहिलेसम्म २८ हजार २५२ जना ब्लाक फङ्स रोगबाट पीडित देखा परेको भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धनले जानकारी दिएको हिन्दूस्तान टाइम्सले लेखेको छ । यो आँखामा लाग्ने रोग हो । यसमा ८६ प्रतिशत पीडित कोरोना संक्रमित भएका छन् । सबैभन्दा बढी भारतको महाराष्ट्रमा ब्लाक फङ्गस हुनेहरु ६ हजार ३३९ जना छन् ।
त्यसपछि गुजरातमा ५ हजार ४८६ रोगी देखिएको बताइन्छ । नीति आयोगका केन्द्रीय एवं स्वास्थ्य विज्ञ डा. बीके पालले सम्मेलनमा देशको खोपको स्थिति, कोविड–१९ ले तेस्रो लहरमा आउन सक्ने चुनौतीको तयारीबारे जानकारी दिएका थिए । विश्वमा ८८.७ करोड व्यक्तिले कम्तिमा एक डोज खोप लगाएका छन्, भारतले अहिलेसम्म १७ करोड ९० लाख जनतालाई खोप लगाइसकेको छ । विश्वका खोप लगाएका व्यक्तिहरुसँग भारतको तुलना गर्ने हो भने २०.२ प्रतिशतले खोप लगाएको डा. बीकेले बताउनु भएको थियो ।
वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (७, जुन) मा १५ लाख ८७ हजार ५८९ जनाको नमुना परीक्षण गर्दा ८७ हजार ३४५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ६, जुनमा १ लाख १ हजार २३२ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (७, जुन) मा कोरोनाभाइरस संक्रमणबाट २ हजार ११५ जनाको निधन भएको छ । ६, जुनमा कोरोना संक्रमणबाट २ हजार ४४५ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार जेठ २५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ८९ लाख ९६ हजार ९४९ जना छन् । भारतमा २ करोड ७३ लाख ३६ हजार ७९९ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या १३ लाख ८ हजार ८०६ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ २५ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ५१ हजार ३४४ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।


