आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग तरुण खबर २५ जेष्ठ २०७८, मंगलवार ११:४२
आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

काठमाडौं । चु जी फाउण्डेसन, ताइवानले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई अटो क्लभ मसिन एक थान, पोर्टेबल एक्रे मसिन एक थान, ईसीजी मसिन एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् भने सेन्टरको तर्फबाट सांसद जीवन रामश्रेष्ठले ग्रहण गर्नुभएको हो ।

पचास बेड क्षमताको आइसोलेशन सेन्टरमा हाल २३ जनाले उपचार पाइरहनु भएको छ भने २५ जना कोभिड १९ जितेर स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् । काठमाडौं क्षेत्र नम्बर आठका सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेशनका लागि आनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको छ ।

मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने कोभिड बिरामीको सम्पूर्ण परिवारलाई पीसीआर टेस्टको ब्यवस्था र पौष्टिक खाजा–खानालगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।

यस आइसोलेशनबाट स्वास्थ्यलाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षण सांसद श्रेष्ठले जानकारी गराएका थिए । यसअघि पनि यसै फाउण्डेशनलेले ५ थान अक्सिजन कन्सट्रटर तथा विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ ।