तरुण खबर
२६ जेष्ठ २०७८, बुधबार ११:४१
काठमाडौं । भारत उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । टेम्पो र बस दुबै सात फिट गहिरो खाल्डोमा खसेका थिए । टेम्पोमा रहेका १७ जनाको तत्कालै ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरु सबै बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदूर रहेको हिन्दूस्तान टाइम्सले लेखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकहरुलाई दुई लाख रुपैया दिइने घोषणा गरेका छन् । प्रत्येक घाइतेहरुलाई ५० हजार दिइने बताएका छन् । कानपुर, सक्तेपुरका टेम्पो चालक मान सिंह बिस्कुट फ्याक्ट्रीमा काम गर्थे । उनले हरेक दिन–रात १७–१८ व्यक्तिलाई काम गर्न बिस्कुट फ्याक्ट्रीमा लैजाने गरेका थिए एसपी एपी सिंहलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ । उनीहरु सनाखतका लागि बिस्कुट फ्याक्ट्रीको परिचय पत्र संकलन गरिएको थियो ।


