तरुण खबर
२७ जेष्ठ २०७८, बिहीबार ११:२४
९, जुनमा १४ हजार १२७ संक्रमित थपिए
काठमाडौं । द पैन अमेरिकन हेल्थ अर्गनाइजेशनले कोभिड–१९ महामारी यसरी नै फैलिरह्यो भने नियन्त्रण गर्न अमेरिकालाई पनि वर्षौ लाग्ने चेतावनि दिएको छ । अमेरिकन हेल्थ अर्गनाइजेशनले प्रेस सम्मेलनमा द पैनका निर्देशक क्यारिसा इन्टिनाले भने अनुसार पछिल्लो सातामा अमेरिकामा ३४ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यो भन्दा बढी ब्राजिल, मेक्सिको, पेरुलगायत केही मुलुकमा मृत्यु दर छ । अमेरिकाले कोरोना विरुद्धको खोपलाई महत्वका साथ लगाई रहेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टा (९, जुन) मा ७ लाख ३९ हजार ३४७ जनाको नमुना परीक्षण गर्दा १४ हजार १२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ८, जुनमा ५ लाख ८९ हजार १२६ जनाको नमुना परीक्षण गर्दा १३ हजार ७३६ जना कोरोना भइरस संक्रमित थपिएका थिए । त्यस्तै, अमेरिकामा पछिल्लो २४ घण्टा (९, जुन) मा कोरोनाभाइरस संक्रमणबाट ४४७ जनाको मृत्यु भएको छ । ८, जुनमा कोरोना संक्रमणबाट ३९२ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा जेठ २७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४२ लाख ६४ हजार ४५० जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.३० बजेसम्ममा २ करोड ८२ लाख ५३ हजार ८८२ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार जेठ २७ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५३ लाख ९७ हजार ६८ जना छन् ।
नेपाली समय अनुसार जेठ २७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ४९ करोड १० लाख ६२ हजार ८१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १५ करोड ९६ लाख १२ हजार ८ सय जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब १५ करोड ९६ लाख १२ हजार ८ सय जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।
अमेरिकामा कोरोनाको संक्रमणबाट जेठ २७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख १३ हजार ५०२ जनाको मृत्यु भैसकेको छ । जेठ २७ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ करोड ५१ लाख ५६ हजार ३९७ जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ लाख ७६ हजार २३७ जना छन् ।


