विश्वका अनौठा–अनौठा जन्म, एकै महिलाले जन्माइन १० सन्तान

विश्वका अनौठा–अनौठा जन्म, एकै महिलाले जन्माइन १० सन्तान तरुण खबर २७ जेष्ठ २०७८, बिहीबार ११:३१
विश्वका अनौठा–अनौठा जन्म, एकै महिलाले जन्माइन १० सन्तान

दक्षिण अफ्रिकाकी महिलाले १० जना बच्चा जन्माएर वल्र्ड रेकर्ड बानाइन्
काठमाडौं । जुम्ल्याहा सन्तान जन्माउनु त हिजो आज सामान्य नै मानिन्छ । तर दक्षिण अफ्रिकाको एक ३७ वर्षिय गोसियामे थमारा सिथोले सात महिना सात दिनमा १० जना बच्चालाई जन्म दिएकी छन् । उनले विश्व रेकर्ड राखेकी छन् । यसअघि मालीकी २५ वर्षिय एक महिला र मोरक्कोकी एक महिलाले ९ वटा बच्चा जन्माएर वर्ड रेकर्ड राखेकी थिइन् ।

उनीहरुले अलग–अलग अस्पतालमा एकै समय बच्चा जन्म दिएका थिए । दक्षिण अफ्रिकाकी महिलाले ७ जना छोरा र ३ छोरी जन्माएकी हुन् । उनका पति टेबेगो त्सोतेत्सीका अनुसार ७ जुनमा प्रिटोरियाको एक अस्पता अप्रेसन गरी १० जना बच्चा निकालिएको हो । प्रेग्नेन्सिको समयमै डाक्टरलाई देखाउदा शुरुमा सिथोलको पेटमा ६ जना बच्चा भएको जानकारी दिएका थिए, त्यपछि डाक्टरलाई देखाउँदा ८ जना बच्चा भएको जानकारी दिएका थिए ।

तर डेलीभरी हुँदा १० जना बच्चा पाएकी थिइन् ।  उनका सबै बच्चा पूर्ण स्वस्थ छन्, त्यसैले बच्चाका आमा बुबा दुबै खुशी छन् । यसअघि सन् २००८ मा अमेरिकाका आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकै पटकमा सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम थियो । तयस्तै, एकजना बांग्लादेशी महिलाले समयअगावै एउटा छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

बीस वर्षीया आरिफा सुल्तानाले गत फेब्रुअरीको अन्त्यतिर एक छोरालाई जन्म दिएकी थिइन् । त्यसको २६ दिनपछि उनलाई पेट दुखेपछि हतारहतार अर्को अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकहरूले उनको दुईवटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको बताएपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए । त्यसरी जन्मेका जुम्ल्याहा बच्चाहरू स्वस्थ रहेको बताइएको थियो ।