केपीलाई अदालतबाटै अयोग्यताको प्रमाणपत्र दिनु पर्छ

केपीलाई अदालतबाटै अयोग्यताको प्रमाणपत्र दिनु पर्छ तरुण खबर २७ जेष्ठ २०७८, बिहीबार ११:४५
केपीलाई अदालतबाटै अयोग्यताको प्रमाणपत्र दिनु पर्छ

चाउयनलाई श्रेष्ठ
भारत जस्तो विशाल प्रजातान्त्रिक मुलुकले किन नेपालमा एउटा सानो दलको समूहलाई च्यापेर हिडिरहेको छ ? आम नेपालीले आश्चर्य मानिरहेका छन् । नेपालमा कानुनी शासनको विरुद्ध र संविधानको विरुद्धमा काम गरिरहेको देख्दा देख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भारतीय सरकारको समर्थन रहनुको अर्थ के लाग्ला ? यो विषय सोचनीय छ । नेपालको संविधान २०७२ प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको व्यक्तिगत प्रयोजनको लागि बनाइएको थियो र ? संविधानमा बकाइदा अल्पमतको सरकारले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान हुँदाहुँदै विश्वासको मत लिन्न भन्न मिल्छ र ?

अनि संविधानको धारा ७६ (५) अनुसार बहुमत सांसदको समर्थन सहित गएका नेतालाई प्रधानमन्त्री नियुक्ति किन नगरेको ? १४६ जना सांसद सशरीर सर्वोच्च अदालतमा उपस्थित भइसकेको अवस्था छ, त्यसलाई अस्वीकार गर्न मिल्ला र ? प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते राति प्रतिनिधिसभा विघटनको सिफारिश गरेका थिए भने उनको सिफारिश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति (जेठ ७ गते राति १२ बजेपछि) प्रतिनिधिसभा विघटन गरेकी थिइन् । १४६ जना सांसदले सर्वोच्च अदालतमा उपस्थित भएर प्रतिनिधिसभा पुनस्र्थापित गर्न, संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न माग गर्दै रिट दायर गरेका छन् ।

यसर्थ, प्रतिनिधिसभा विघटन सम्बन्धी परेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासले असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ । प्रधानमन्त्रीको दाबी गर्दा प्रमाणीकरण नगरी, कानूना ज्ञाताहरुसँग कुनै सल्लाहसमेत नगरी सिधै ओलीलाई प्रधानमन्त्री बनाउनु भनेको अनैतिक काम हो । यो भन्दा अनैतिक र लज्जास्पद काम अरु हुनै सक्दैन । यस्ता किर्ते हस्ताक्षर गर्ने प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतले पदमुक्त मात्र होइन, जीवनभर अयोग्य ठहर गर्नु पर्दछ । जसरी पाकिस्तानको अदालतले प्रधानमन्त्री युसुफ राजा गिलानीलाई अयोग्य ठहर गरेको थियो ।

बीपी कोइरालाले २००७ सालदेखि २०१७ सालसम्म १० वर्ष र २०३३ सालदेखि २०३९ वर्षसम्मका ६ वर्ष गरी जम्मा १६ वर्ष खुला रुपमा राजनीतिमा विताएका थिए । उनले विताएको १६ वर्ष नै नेपाली जनताको लागि सर्वाधिक उपलब्धीपूर्ण रह्यो । यसर्थ, कति लामो समय प्रधानमन्त्री भयो भन्ने कुराभन्दा पनि आफू प्रधानमन्त्री हुँदा के के काम गरियो भन्ने कुरा नै महत्वपूर्ण हुन्छ ।

उनी पाकिस्तानका १८औं प्रधानमन्त्री थिए । भ्रष्टचारको मुद्दामा उनी यतिबेला जेल सजाए भोगिरहेका छन् । भारतको स्वतन्त्रता संग्राममा नेपाली कांग्रेसका धेरै नेताको महत्वपूर्ण योगदान थियो र छ । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र मनामोहन अधिकारीजस्ता मूर्धन्य नेताहरुले भारतीय जेलमा विताएको जीवन भारतीय स्वतन्त्रता संग्रामकै लागि थियो । मुलुकका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले २०१६ साल जेठ १ गतेदेखि २०१७ साल पुस १ गतेसम्म जम्मा १८ महीना शासन गरेका थिए । त्यस १८ महीने कार्यकालमा आर्थिक, राजनीतिक, कुटनीतिक क्षेत्रमा जुन जग बसाल्नु भयो, त्यसैको आधारमा मुलुक अगाडि बढिरहेको छ ।   आफू बाँचेको ६८ वर्षमध्ये नेपाली जेलमा १३ वर्ष र भारतीय जेलमा ४ वर्ष गरी १७ वर्ष जेल जीवन नै विताएका थिए बीपीले ।

बीपी कोइरालाले २००७ सालदेखि २०१७ सालसम्म १० वर्ष र २०३३ सालदेखि २०३९ वर्षसम्मका ६ वर्ष गरी जम्मा १६ वर्ष खुला रुपमा राजनीतिमा विताएका थिए । उनले विताएको १६ वर्ष नै नेपाली जनताको लागि सर्वाधिक उपलब्धीपूर्ण रह्यो । यसर्थ, कति लामो समय प्रधानमन्त्री भयो भन्ने कुराभन्दा पनि आफू  प्रधानमन्त्री हुँदा के के काम गरियो भन्ने कुरा नै महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको अहम् भूमिका रहेको थियो भन्ने कुरामा पनि कुनै द्वैविधा छैन । तर अहिले किन नरेन्द्र मोदी नेतृत्वको सरकारले छिमेकी राष्ट्र नेपालमा यस्तो हर्कत गरिरहेको छ ? नेपाली काँग्रेसलाई सदैब नेपालका कम्युनिष्टहरु र चाइनिजहरुले भारत परस्त भन्थे ।

मलाई चिनियाँ प्रोफेसर र थिंक ट्याङ्कका एक्सपोर्टहरु सबैले नेपाली काँग्रेस भारत परस्त छ भन्छन् तर माओको कार्य कालमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले चीनसँग गरेको व्यवहार र सन्धि सम्झौता हेर न, मैले भन्ने गरेको छु । तर तिमीहरुले नेपालमा सदैब कम्युनिष्ट पार्टीलाई मात्र साथ दियांै । चिनियाँ कम्युनिष्टका थिङ्क ट्यांकहरुलाई नेपाली कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न जरुरी छ है– मैले भन्ने गरेको थिएँ । म अन्तर्राष्ट्रिय सम्बन्धको कार्यकारीको सदस्य हुँदा नेपाली काँग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चीनियाँ कम्युनिष्ट पार्टीसँग नेपाली काँग्रेसको सुमधुर सम्बन्ध विस्तार गर्न सुझाव दिएको थिएँ ।

नेपाली काँग्रेसभित्र रहेका कथित नेता भन्नेहरु किन भारतसँग सुमधुर सम्बन्ध राख्न असफल भएका छन् ? यो मेरो प्रश्न होइन, जीज्ञासा हो । एजेण्ट र दलाल बनेर होइन स्पष्ट नीतिका साथ प्रजातान्त्रिक शक्तिसँग सुमधुर सम्बन्ध कायम गर्न किन असफल भएका छन् नेताहरु ? बरु राजा महेन्द्रले दुई देशलाई सन्तुलन गर्न कीर्तिनिधि विष्टलाई उत्तरतिर र सूर्यबहादुर थापालाई दक्षिणतर्फको जिम्मा दिएको बतान्छ । तर हाम्रा नेता भन्नेहरुलाई विदेश विभाग गठन गर्न त निकै कठिन भएको थियो, यी नेताहरुबाट अरु के आशा गर्नु ?

मैले चाइनिजहरुलाई भन्ने गरेको छु, नेपाली काँग्रेससँग सुमधुर सम्बन्ध कायम गरेर अगाडी बढ तर राजदुतावासमार्फत होइन जनतासँग सिधै र नेपालका कम्युनिष्ट पार्टीहरु भारतीय दलाल हुन् भनेर सधैं भन्ने गरेको छु । हेर, १२ बुँदेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको कामसम्म । नेपाली कांग्रेसले पृथ्वीनारायण शाहले लिएको परराष्ट्रनीति लिनु नै नेपाली कांग्रेस र नेपालको बृहत्तर हितमा हुनेछ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्दा चिनियाँ प्रोफेसरका अनुसार अनुसार फ्रि तिब्बतका लागि काम गरेका एकवाल मियाँलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् । अनि कसरी कायम हुन्छ छिमेकी मुलुकसँगको राजनीतिक सन्तुलन ?

(लेखक श्रेष्ठ नेपाली काँग्रेसका नेता हुन्)