संक्रमण भइसकेको व्यक्तिले खोप लगाउन आबस्यक छैन ः विज्ञहरुको सुझाव

संक्रमण भइसकेको व्यक्तिले खोप लगाउन आबस्यक छैन ः विज्ञहरुको सुझाव तरुण खबर २८ जेष्ठ २०७८, शुक्रबार ११:२७
संक्रमण भइसकेको व्यक्तिले खोप लगाउन आबस्यक छैन ः विज्ञहरुको सुझाव

१०, जूनमा भारतमा ९१ हजार २६६ जनाभन्दा बढी संक्रमित
काठमाडौं । भारतका आयुर्वेद डाक्टरहरुले भनेका छन्– एक पटक कोरोना भाइरस संक्रमित भई सकेको व्यक्तिले खोप लगाई राख्न जरुरी नभएको बताएका छन् । अपूर्ण अन्धाधुन्ध खोप लगाउँदा कोरोना भाइरसको म्यूटेन्ट स्ट्रेन र उत्परिवर्तित स्वरूप मात्र बढ्ने डाक्टरहरुले बताएका छन् । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का कोविड–१९ संबम्धी राष्ट्रिय कार्यदलको सदस्य पनि सहभागी कार्यक्रममा डाक्टरहरुले बताएका हुन् ।

इण्डियन पब्लिक हेल्थ एशोसिएशन, इण्डियन एसोसिएशन अफ एपिडमोलोजिष्ट्स र इण्डियन एसोसिएशन अफ प्रिभेन्टिभ एण्ड सोशल मेडिसिनलगायत विशेषज्ञहरुले दिएको आफ्नो  रिपोर्टमा भनेका छन्– देशमा महामारीको अहिलेको अबस्था कोरोना संक्रमण लिन सबै उमेर समूहलाई खोप लगाउन सुझाएका छन् । यो रिपोर्ट हिजो बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएका छन् । साना बच्चाहरुले कोरोनाको खोप लगाउँदा रेसिष्ट गर्न नसक्ने हुँदा थप अनुसन्धा गर्नु पर्ने बताएका छन्।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (१०, जुन) मा २० लाख ४ हजार ६९० जनाको नमुना परीक्षण गर्दा ९१ हजार २६६ जना कोरोना संक्रमित थपिएका छन् । ९, जुनमा १९ लाख ८५ हजार ९६७ जनाको नमुना परीक्षण गर्दा ९३ हजार ८९६ जना कोरोना भाइरस संक्रमित थपिएका थिए । त्यस्तै, भारतमा पछिल्लो २४ घण्टा (१०, जुन) मा कोरोनाभाइरस संक्रमणबाट ३ हजार ४०२ जनाको निधन भएको छ ।

९, जुनमा कोरोनाभाइरस संक्रमणबाट ६ हजार १३८ जनाको निधन भएको थियो । नेपाली समय अनुसार जेठ २८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ९२ लाख ७३ हजार ३३८ जना छन् । भारतमा २ करोड ७७ लाख ७८ हजार ८९४ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३१ हजार ३४७ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । जेठ २८ गते शुक्रबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ६३ हजार ९७ जनाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।